काठमाडौँ । प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले पूर्वसभामुख दमननाथ ढुंगानाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । प्रधान न्यायाधीश राउतले महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पुगेर ढुंगानाप्रति श्रद्धाञ्जली प्रकट गरेका हो ।
वरिष्ठ अधिवक्ता समेत रहेका ढुंगानाको पार्थिव शरीर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालस्थित शवगृहमा राखिएको स्वकीय डा. रुद्र शर्माले जानकारी दिए । ढुंगानाको भोलि अन्त्येष्टि पशुपति आर्यघाटमा गरिने शर्माले बताए ।
ढुंगानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा ८३ वर्षको उमेरमा आज दिउँसो १ः३० बजे निधन भएको हो । मानव अधिकारकर्मी तथा नागरिक समाजका अगुवा ढुंगाना कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत थिए ।