६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘वैकुण्ठ धाम निर्माण योजना प्रदेश सरकारको प्राथमिकता छ’

अ+ अ-

नेपालगञ्ज । बाँकेको नेपालगञ्जमा निर्माण हुन लागेको सिधनियाघाटको वैकुण्ठ धाम निर्माण योजनालाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राख्ने भएको छ ।

आज आयोजित वैकुण्ठ धाम आध्यात्मिक महोत्सव श्रीमद् भागवत ज्ञान कथा यज्ञको समीक्षा बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले सो योजनालाई प्रदेश सरकारले बहुवर्षीय आयोजनामा समावेश गरेर काम अघि बढाउने बताए । “यो निकै राम्रो सामाजिक कार्य हो । कुनै दलभन्दा पनि आमनागरिकको सहभागितामा अघि बढेकाले यस कामलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राख्नेछ”, उनले भने,“जग्गा प्राप्ति र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण गरेर आयोजना कार्यान्वयनलाई अघि बढाउन जरूरी छ ।” मुख्यमन्त्री आर्चायले महायज्ञबाट संकलन भएको रकमलगायत सबै स्रोतहरूको सही परिचालन गरेर आयोजना कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिए ।

डुडुवा गाउँपालिका-५ स्थित राप्तीनदी तटमा वैकुण्ठ धाम निर्माण गर्न थालिएको छ । विद्युतीय शवदाहगृहसहित किरियापुत्री घर, मन्दिर, सभाहल, ध्यान केन्द्र, पितृको मृत्यु कर्म, सोह्र श्राद्ध कर्म एवम् पितृ मोक्षका अन्य कर्मकाण्ड सम्पन्न गर्न मिल्ने गरी आध्यात्मिक उपवन ‘वैकुण्ठ धाम’ आयोजना अघि बढाइएको जनाइएको छ ।

वैकुण्ठ धाम निर्माणका लागि नागरिक सहभागिता जुटाउन कात्तिक २२ गतेदेखि महायज्ञसमेत सञ्चालन गरिएको थियो । त्यसबाट करिब रु. तीन करोड संकलन भएको समितिका अध्यक्ष डा. सुरेशकुमार कनौडियाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस