काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सरकारबाट हटेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै खाले तिकडम अपनाउन थालेको टिप्पणी गरेका छन् ।
पछिल्ला समसामयिक विषयमा काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डको पछिल्ला अभिव्यक्तिले त्यही संकेत गरेको बताए ।
उनले भने, ‘प्रचण्डको अभिव्यक्ति बांङ्लादेश, श्रीलंका बनाइन्छिु भन्ने, पहिचानवादीसँग कोशी मान्दिनौ भन्दै सँगै आन्दोलनमा जान खोज्नु, भारतीय मिडियासँग अन्तर्वार्ताको क्रममा दिएको अभिव्यक्तिले सरकारबाट हटेपछि फेरि सबै खाले तिकडम अपनाउँदै छन् भन्ने देखाएको छ ।’
उनले अराजकता र लोकतन्त्र सँगै जान नसक्ने बताए । उनले भने, ‘अराजकता मौलायो भने भ्याक्युमभित्र अलोकतान्त्रिक तत्त्वले खेल्छन्। ६ सालदेखि परिवर्तनका संवाहक मुख्य काँग्रेस एमाले हुन्। दुई दल प्रतिस्पर्धामा रमाइरहने प्रचण्डले जादु नम्बर खेलाइरहने देखिएपछि हामी मिलेका हौँ ।’
उनले पार्टी अध्यक्ष केपी ओली नेतृत्वको सरकार बनेपछि अर्थतन्त्र सुधारको संकेत देखिएको बताए। उनले सरकारले एकपछि अर्को गर्दै सुशासनको पक्षमा कदम चालेको पनि बताए ।
उनले थपे, ‘यो विधिको शासन हो । कुनै पार्टीको सभापति पूर्वगृहमन्त्री भएकाले छुट्ने कुरा हुन्न । जो पार्टीको भए पनि कारबाही भोग्नपर्छ । रास्वपासँग हाम्रो प्रतिस्पर्धा होइन किन फसाउनु । कोशीका मन्त्रीलाई तत्काल पदमुक्त गरिएको उदाहरण उहाँहरूले हेर्नुपर्छ ।’
देश बन्दैन भनेर सामाजिक अराजकता फैलाएर जनतामा निराशा छर्ने प्रयास भएको बताए । अराजकता र अस्थिरता चाहनेहरू एक ठाउँ आउन खोजेको भन्दै दुर्गा प्रसाईँको फेक डकुमेन्ट प्रकरण पछिल्लो उदाहरण भएको बताए । उनले सरकारमा हुने दलहरूले देश बन्दै छ, हामी बनाउँछौँ भन्ने सन्देश जनतालाई दिन सक्नुपर्ने बताए ।