२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अनियमितताको आरोप लागेको कर्मचारी पदपूर्तिको परीक्षा र नतिजा रद्द

अ+ अ-

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले कर्मचारी नियुक्तिका लागि सञ्चालित परीक्षामा प्रश्न उठाउँदै नतिजा प्रकाशनको तयारीमा रहेको परीक्षाका सबै प्रक्रिया रद्द गरेको छ । 

सेवा आयोगले सोमबार सूचना जारी गर्दै २०७३ फागुन १८ गते प्रकाशित विज्ञापन अन्तर्गत विभिन्न प्रशासनिक तथा प्राविधिक कर्मचारीहरूको परीक्षा तथा प्रकाशित नतिजा रद्द गरिएको जनाएको हो ।

उपप्रशासक, अधिकृत देखि श्रेणी विहीन तहसम्म १६ वटा पदमा आयोगले विज्ञापन गरी परीक्षा सञ्चालन गरेको थियो ।

उक्त परीक्षामा अनियमितता गरेको आरोपमा अख्तियारले छानबिन गरी २०७५ मा सेवा आयोगका तत्कालीन अध्यक्ष चैतन्य शर्मासहित ११ जना विरुद्ध मुद्दा दायर गरेको थियो ।

शाखा अधिकृत, लेखा अधिकृत, सहायक कानुनी सल्लाहकार, मुख्य लेखा सहायक, मुख्य कार्यालय सहायक, कार्यालय सहायक, पुस्तकालय सहायक पदहरूमा परीक्षाको परिणाम फेरबदल गर्ने गराउने काम गरी भ्रष्टाचारजन्य कसुर गरेको विशेष अदालतले फैसला सुनाएको थियो ।

२०७९ असोज ४ गतेको फैसला पछि बाँकी रहेका उपप्रशासक, उपआर्थिक नियन्त्रक, पुस्तकालय अधिकृत, प्राविधिक अधिकृत इन्जिनियरिङरकम्प्युटर, प्राविधिक सहायक डाईभर लगायत पदको नतिजा प्रकाशन गर्न उच्च अदालत पाटनले आदेश दिएको थियो । २०७९ भदौमा गरिएको आदेशमा परीक्षाको नतिजा कानुन बमोजिम जो जे गर्नु पर्ने हो, गरी आवश्यक प्रक्रिया पुर्‍याई अबिलम प्रकाशन गर्नु गराउनु भनिएको थियो ।

सेवा आयोगले ती पदको परीक्षामा पनि कोडिङ, डिकोडिङ, उत्तरपुस्तिका परीक्षण, अन्तर्वार्ता सञ्चालन लगायत कार्यहरूमा कार्यविधि पूर्ण रूपमा पालना नभएको पाइएको जनाएको छ । सो कारण परीक्षा रद्द गरिएको सेवा आयोगका प्रशासकीय प्रमुख केदार ढकालद्वारा सूचनामा उल्लेख छ । ‘परीक्षासँग सम्बन्धित कार्यहरू दूषित देखिएकाले त्रिवि, शिक्षक, कर्मचारी सेवा सम्बन्धी नियमको व्यवस्थाअनुसार लिखित परीक्षाको नतिजा एवं अन्तरवार्ता लगायत उक्त विज्ञापनसँग सम्बन्धित सबै प्रक्रिया रद्द गरिएको छ,’ सूचनामा भनिएको छ ।

साथै आयोगले उक्त विज्ञापनमा आवेदन पेश गरी नामावली स्वीकृत भएका उमेद्वारको परीक्षा पुनः सञ्चालन गर्ने समेत जनाएको छ । लिखित परीक्षामा सहभागी उमेद्वारहरुको पुनः परीक्षा सञ्चालन गर्न नामावली अद्यावधि गर्न पुस २१ गते सम्मको समयसीमा तोकिएको छ ।