काठमाडौँ । सरकारले प्रहरी ऐन छलफलका लागि विधायन समितिमा पठाउने निर्णय गरेको छ ।
एक मन्त्रीले दिएको जानकारी अनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी ऐन छलफलका लागि विधायन समितिमा पठाउने निर्णय गरेको हो ।
यसअघि आइतबार नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक गृह मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पेस गरेको थियो ।
सम्बन्धित समाचार : सहमति र परामर्शपछि प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस







