२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओरेकले भन्यो-घरेलु हिंसाबाट पढेलेखेका र शिक्षित महिला बढी पीडित

अ+ अ-

काठमाडौँ । पढेलेखेका र शिक्षित महिला बढी घरेलु हिंसाबाट प्रभावित भएको तथ्यांक सार्वजनिक भएको छ । महिला पुनः स्थापना केन्द्र (आरेक) ले प्रकाशन गरेको वार्षिक प्रतिवेदन ‘अन्वेषी २०८१’ मा घरेलु हिंसामा परेका महिलाको शैक्षिक अवस्था अध्ययन गर्दा ७७ प्रतिशत साक्षर महिला हिंसाबाट पीडित भएको तथ्यांक उल्लेख छ ।

संस्थाले महिला हिंसाविरुद्धको १६ दिने अभियानका सन्दर्भमा सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा यो वर्ष कूल एक हजार तीन सय ९३ महिला हिंसाका घटना घटेको तथ्यांक छ । सोमध्ये सबैभन्दा बढी (६५ प्रतिशत) नौ सय ११ जना घरेलु हिंसाबाट प्रभावित रहेका छन् ।

हिंसामा परेका साक्षर महिलाको सङ्ख्या एक हजार ७३ रहेको छ भने २३ प्रतिशत महिला निरक्षर छन् । आधारभूत शिक्षा लिएका ५२ प्रतिशत र माध्यमिक शिक्षा लिएका ३५ प्रतिशत महिला घरेलु हिंसाका पीडित भएको तथ्यांक छ ।

ओरेकका कार्यकारी निर्देशक सुनिता मैनालीले ओरेक कार्यरत जिल्लाबाहेक महिला मानवअधिकार रक्षकहरूसँग समन्वय गरी सातवटै प्रदेशबाट तथ्यांक संकलन गरिएको बताइन् । गत जुलाई २०२३ देखि जुन २०२४ सम्म संकलन गरिएका महिला माथि भएका लैंगीक हिंसाका घटनाको तथ्यांक अभिलेखीकरण गरी त्यसको बहुपक्षीय विश्लेषणका साथ उक्त पुस्तक तयार पारिएको निर्देशक मैनालीले जानकारी दिइन् ।

उनका अनुसार संकलित घटना प्रतिनिधिमूलक मात्र रहेको जनाउँदै पीडकलाई गरिने राजनीतिक संरक्षण, हिंसा प्रभावितलाई नै हिंसाका लागि जिम्मेवार बनाउने प्रवृत्ति, झन्झटिलो न्यायिक प्रक्रियालगायत कारणले अझै धेरै घटनाहरू बाहिर आउन सकेका छैनन् ।

पुस्तकमा महिला माथि हुने हिंसाका विभिन्न स्वरूप जस्तै घरेलु हिंसा, सामाजिक हिंसा, बलात्कार, मानव बेचबिखन, यौन हिंसा, आत्महत्या, मनोरञ्जन क्षेत्रमा हुने हिंसा, हानिकारक परम्परागत अभ्यासले निम्त्याएको हिंसालगायत यस वर्षको अन्वेषीमा महिला मानवअधिकार रक्षक माथि भएका हिंसा र जोखिमको अवस्था, विपद्को समयमा घटेका महिला हिंसाका घटनाको अवस्थालाई समेत समेटिएको छ ।