काठमाडौँ । कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं १ मा उपनिर्वाचनलाई लक्षित गरेर सरकारी गाडी प्रयोग गरिएको भन्दै स्थानीय माओवादीका कार्यकर्ताले विरोध गरेका छन् ।
नेकपा एमाले नेताहरूले सरकारी गाडी प्रयोग गरेपछि उनीहरूले अवरोध गर्न खोजेका थिए । उनीहरूले सरकारी नम्बर प्लेटको गाडी केही समय नियन्त्रणमा लिए पनि तत्काल प्रहरी गएर समाधान गरेको थियो ।
आज कपिलवस्तुको शुद्धोधन गाउँपालिका वार्ड १ को पतरियामा लुम्बिनी प्रदेश विशेष अधिकार समितिका सभापति गिरिधारीलाल न्यौपानेले प्रयोग गर्ने लु.बा. १२९७ नम्बरको लागि उनीहरूले नियन्त्रणमा लिन खोजेका हुन् ।
उक्त गाडीमा प्रदेश सभा सदस्य न्यौपाने, एमाले जिल्ला अध्यक्ष बाबुराम खनाल, पूर्वअध्यक्षझविलाल पोखरेललगायत नेताहरूले एमालेका वडाध्यक्षको उम्मेदवार मोहोम्द ताहिर मुसलमानको पक्ष मत माग्दै हिँडेपछि नियन्त्रण लिएर गाडी प्रहरीको जिम्मा लगाएको स्थानीय रवि ठाकुरले बताए ।