१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षक संघका पूर्वअध्यक्ष ज्ञवालीको अन्त्येष्टि, सभापति देउवाद्वारा श्रद्धाञ्जली अर्पण

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल शिक्षक संघका पूर्वअध्यक्ष मोहन ज्ञवालीको अन्त्येष्टि गरिएको छ ।

शुक्रबार राति हृदयाघातका कारण निधन भएका स्व ज्ञवालीको आज साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । अन्त्येष्टि गर्नुअघि उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि संघको केन्द्रीय कार्यालय धुम्बाराहीमा राखिएको थियो ।

स्व ज्ञवालीलाई काँग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय  गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री एवम् पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे, सहमहामन्त्री जीवन परियार, पूर्वमहामन्त्री डा. शशांक कोइराला, नेता अर्जुननरसिंह केसी, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, काँग्रेस केन्द्रीय सदस्य डा. चन्द्र भण्डारी लगायतले श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका थिए ।

दुई कार्यकाल संघको नेतृत्व गर्नुभएका ज्ञवालीको ५९ वर्षको उमेरमा गए राति निधन भएको हो । गुल्मी स्थायी घर भएका ज्ञवालीले कास्कीमा शिक्षक रहँदा नै शिक्षक संघमा आबद्ध भई विसं २०५३ देखि २०५७ सम्म जिल्ला अध्यक्ष भएका थिए । यस्तै, विसं २०५७ देखि २०६१ सम्म शिक्षक संघको केन्द्रीय महासचिव र विसं २०६१ देखि २०६९ सम्म दुई कार्यकाल केन्द्रीय अध्यक्ष भएका थिए ।

उनी नेपाली काँग्रेस गुल्मीको महाधिवेशन प्रतिनिधिसमेत भएका थिए । पूर्वअध्यक्ष ज्ञवालीको निधनमा नेपाल शिक्षक संघले गहिरो दुःख व्यक्त गरेको छ । संघको आज बसेको आकस्मिक बैठकले ज्ञवालीको निधनले नेपालको शिक्षक आन्दोलनमा ठूलो क्षति पुगेको बताएको छ ।

बैठकले संघका सम्पूर्ण निकाय संघ, प्रदेश र स्थानीय तहमा १० दिनसम्म कुनै पनि कार्यक्रम नगर्ने र तीन दिनसम्म संघको झण्डा झुकाउने निर्णय गरेको केन्द्रीय अध्यक्ष सोमनाथ गिरिले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस