१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्य मन्त्रालयद्वारा नवौँदेखि एघारौँ तहका अधिकारीहरूको सरुवा, ट्रमाको जिम्मेवारी रिजाललाई

अ+ अ-

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मातहत कार्यरत नवौँदेखि एघारौँ तहका अधिकारीहरूको सरुवा गरेको छ । प्रशासन सिँहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार ट्रमा सेन्टरको प्रमुख मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी हाडर्जोनी विशेषज्ञ एघारौँ तहका डा. बद्री रिजाललाई दिइएको छ । हाल सेन्टरको नेतृत्व गरेका एघारौँ तहका डा. रुद्र प्रसाद मरासिनीलाई अर्थोपेडिक सर्जनको पदमा कामकाजमा पठाउने निर्णय गरिएको छ । 

यसैगरी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुकी एघारौँ तहकी रोशनी लक्ष्मी तुईतुईलाई वीर अस्पताल नर्सिङ क्याम्पस प्रमुख बनाइएको छ । वीर अस्पतालको नर्सिङ क्याम्पसकी एघारौँ तहकी बन्दना थापालाई टेकु अस्पतालमा सरुवा गरिएको छ । 

यस्तै व्यवस्थापन महाशाखाका दशौं तहका डा. सुरेन्द्र चौरसियालाई विभागको उपचारात्मक महाशाखामा कामकाज  गर्न पठाइएको छ । व्यवस्थापन महाशाखामा मन्त्रालयको समन्वय महाशाखामा कार्यरत नवौँ तहका दयाकृष्ण पन्तलाई जिम्मेवारी दिइएको छ ।

पछिल्लो समय स्वास्थ्य मन्त्रालयमा कर्मचारी व्यवस्थापनको कार्यलाई तीव्रता दिइँदै आइएको छ । कार्यक्रमदेखि उपकरण खरिदसम्मै व्यापक सेटिङ हुँदै आइएकोमा स्वास्थ्य मन्त्री प्रदीप पौडेलले उक्त सेटिङ भत्काउन लामो समयदेखि जकडिँदै आएको जन्जाललाई तोड्ने प्रयास गरिरहेको मन्त्रालयका एक अधिकारीले बताए । 

प्रतिक्रिया दिनुहोस