२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विष्णुप्रसाद पौडेलको दाबी : एमाले महाधिवेशनमा अध्यक्ष पदमा निर्वाचन हुने कुनै सम्भावना छैन

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा निर्वाचन हुने कुनै सम्भावना नरहेको बताएका छन् ।

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री समेत रहेका पौडेलले कुराकानी गर्दै आगामी महाधिवेशन नीति र नेतृत्व दुवै प्रश्नमा पूर्ण सहमतिका साथ सम्पन्न हुने बताए ।

‘अब हुने नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशन नीति र नेतृत्व दुवै प्रश्नमा पूर्ण सहमतिका साथ सम्पन्न हुनेछ,’ उनले भनेका छन्, ‘अन्य पदहरूमा निर्वाचन भएछ भने पनि मूल नेतृत्वमा, अध्यक्ष पदमा निर्वाचन हुने कुनै सम्भावना छैन ।’

ओलीले एमालेलाई मात्र नभएर सिङ्गो राष्ट्रलाई सफल नेतृत्व प्रदान गरेको जिकिर उनको छ । ‘एमालेलाई मात्र होइन, सिङ्गो राष्ट्रलाई सफल नेतृत्व प्रदान गर्नुभएका पार्टी अध्यक्ष केपी शर्मा ओलीज्यूका विरुद्ध कसैले उम्मेदवारी दिन्छ भन्ने मलाई लाग्दैन,’ उनले भने ।

उपाध्यक्ष पौडेलले एमालेभित्र नीति र नेतृत्वको प्रश्नमा कुनै मतभेद नरहेको बताए । उनले अध्यक्ष ओलीलाई ‘वैधानिक व्यवस्था अनुरूपको निर्वाचित अध्यक्ष मात्र होइन, समस्त पार्टी पङ्क्तिको विश्वास जितेको आस्थाको अध्यक्ष’ का रूपमा चित्रित गरेका छन् ।

‘पछिल्लो दशकमा हाम्रो पार्टीले उपलब्धि र चुनौतीका जे-जस्ता श्रृङ्खला पारगर्दै आजको यो ठाउँसम्म आइपुगेको छ,’ उनले भने, ‘उहाँको दूरदृष्टियुक्त, सुझबुझपूर्ण र साहसिक नेतृत्व नभएको भए त्यो सम्भव हुने थिएन ।’

पार्टीभित्र देखिएका केही असहमतिलाई व्यवस्थापन गर्दै एमाले अगाडि बढिरहेको उपाध्यक्ष पौडेलले बताए ।

‘पार्टीभित्र परिस्थिति वा घटना विशेषमा आधारित भएर असहमति वा अन्तरविरोधहरू देखा पर्न सक्दछन् तर हामीले तीनलाई तत्क्षण त्यही ठाउँमा समाधान गर्दै पार्टीको आन्तरिक एकतालाई अक्षुण्ण राख्छौँ र पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउँछौँ,’ उनले भनेका छन् ।

ओलीको क्षमता, सक्रियता र नतिजामूलक कामसँग तुलना गर्ने अर्को कुनै नेता एमालेमा नरहेको उनले बताएका छन् ।

‘उहाँको क्षमता, सक्रियता र नतिजामूलक कामसँग तुलना गर्ने अर्को कुनै नेता एमालेमा छैन । अनि किन खोज्नु पर्‍यो नेतृत्वको विकल्प रु,’ उनले भने ।

‘नेतृत्व भनेको रहरको विषय पनि होइन । यो त इतिहास, योगदान, क्षमता र राष्ट्र तथा अन्तर्राष्ट्रियस्तरमा स्वीकार्यताको विषय पनि हो,’ उपाध्यक्ष पौडेलले भनेका छन्, ‘म स्पष्ट भाषामा भन्न चाहन्छु, एघारौँ राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मतिका साथ उहाँ नै अध्यक्षमा निर्वाचित हुनुहुन्छ । यस विषयमा कोही पनि द्विविधामा रहन आवश्यक छैन ।’