२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तनहुँ पूर्वाधार कार्यालयद्वारा योजनाको बोलपत्र आह्वान

अ+ अ-

तनहुँ । पूर्वाधार विकास कार्यालय तनहुँले चालु आर्थिक वर्षमा सञ्चालन गर्ने ४० चालु आर्थिक वर्ष २०८१/८२ मा सञ्चालन हुने विभिन्न योजनाको बोलपत्र आह्वानको सूचना प्रकाशित गरेको छ । 

कार्यालय प्रमुख रवीन्द्र तिवारीले कतिपय योजना सम्झौता भइसकेको र कतिपय योजना सम्झौता चरणमा रहेको जानकारी दिए । उनका अनुसार बाँकी केही योजनाको बोलपत्र आह्वानको सूचना प्रकाशनको चरणमा रहेको छ ।

उनले भने, “रु. पाँच करोड भन्दा साना दुई वटा साना बहुवर्षीय योजनाको ठेक्का सम्झौता गरिएको छ । यस आर्थिक वर्षमा हालसम्म उपभोक्ता समितिबाट निर्माण कार्य गर्ने गरी कुनै पनि योजना सम्झौता गरिएको छैन ।” तिवारीका अनुसार चालु आर्थिक वर्षका लागि रु. एक अर्ब ४२ करोड १२ लाख आठ हजार विनियोजन भएकोमा रु २० करोड ४० लाख ९१ हजार तीन सय दश खर्च भएको छ । 

चालुतर्फ रु. एक करोड ९१ लाख २८ हजार विनियोजन भएकोमा २२.८५ प्रतिशत प्रगति भएको छ । पुँजीगततर्फ प्रदेशबाट रु. एक अर्ब ४० करोड १२ लाख ८० हजार विनियोजन भएकामा १४.२४ प्रतिशत प्रगति भएको छ । जिल्लामा निर्माणाधीन नौ सडक पुल छन् । त्यसमध्ये चार वटा पुराना र पाँच वटा नयाँ रहेको तिवारीले बताए ।

उनले भने, “जिल्लामा डिपिआर तयार भएका अन्य बाँकी सडक पुल सङ्ख्या २३ वटा छ । चार सडक पुल मौला काली जलविद्युत् आयोजनाको डुबान क्षेत्रमा पर्ने जानकारी आएको छ । अन्य बाँकी १९ वटा सडक पुल कार्यान्वयनमा लैजान सक्ने अवस्था छ ।”

चालु आर्थिक वर्षमा रानी टारी हर्कपुर घुम्ती किल्चोक मानुङ छाङदेखि भिमाद सडकका लागि रु. १८ करोड, दमौली बिसघरे झापुटार (सेती नदी सडक पुल)का लागि रु. पाँच करोड, खुदीखोला कटुसे रह पक्की पुल बन्दीपुरका लागि रु. तीन करोड, ढोरबाराही मार्ग (साँखे थुम्कीडाँडा खण्ड) कालोपत्रका लागि रु. दुई करोड ५० लाख, बुद्धसिंह मार्ग (पहिलो खण्ड) बहुबर्षे योजनाका लागि रु. दुई करोड ५० लाख, मानपुर डेडगाउँ (घिरिङ तनहुँदेखि बौदीकाली नवलपुर)सडकका लागि रु. दुई करोड ५० लाख, शुक्लागण्डकी ५ र ८ जोड्ने सेती नदी पक्की पुलका लागि रु. दुई करोड ५० लाख विनियोजन भएको छ । 

शुक्लागण्डकी १० र भिमाद ८ जोड्ने क्याङ्दी खोलाको पिप्लेमा सडक पुलका लागि रु. दुई करोड ५० लाख, तल्लो डुम्रे मोटरेवल पुलका लागि रु. दुई करोड ३६ लाख ८२ हजार, कुलुङ खोला पुल भिमाद १ डुम्रीबेँसीका लागि रु. दुई करोड १६ लाख ५६ हजार, झापुटार काहीँ मोटर मार्ग स्तरोन्नतिका लागि रु. दुई करोड, सहिद लालध्वज मार्ग निर्माण तथा स्तरोन्नतिका लागि रु. दुई करोड, भानु मार्ग चन्द्रावती पोखरी छाप पुलिमराङ हुँदै कुन्छाफेदी सडकका लागि रु. दुई करोड, आँबु भाँगे छिम्केश्वरी हिलेखर्क मार्गका लागि रु. दुई करोड, दुलेगौँडा हर्कपुर मार्ग (वनकेवा मनपाङ रानी टारी खण्ड) कालोपत्रका लागि रु. दुई करोड र सिन्धु मार्गका लागि रु. दुई करोड विनियोजन भएको कार्यालयले जनाएको छ ।