काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीलाई तोकिएको छ ।
शनिबार सूचना प्रकाशित गरी प्रहरी प्रधान कार्यालयले प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत अधिकारीलाई प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी तोकेको हो ।
नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्न अधिकारीलाई प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी दिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।







