२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चितवन निकुञ्जद्वारा नियम विपरीत काम गर्ने ६५ जनालाई कारबाही

अ+ अ-

नवलपरासी । चितवन राष्ट्रिय निकुञ्जले गत कात्तिक १३ देखि हालसम्म विभिन्न कसुरमा ६५ जनालाई पक्राउ गरेको छ । निकुञ्ज तथा मध्यवर्ती क्षेत्रको संरक्षणलाई प्रभावकारी रूपमा अगाडि बढाउन अभियान सञ्चालन गरेको छ ।

निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत अविनाश थापामगरका अनुसार निकुञ्जभित्र अवैध गतिविधि नियन्त्रण कार्य अन्तर्गत बाघसँग सम्बन्धित कसुरमा एक, अनुमतिबिना बँदेल पाल्ने दुई, बिना अनुमति निकुञ्ज प्रवेश गरी घाँस दाउरा काट्ने ३०, माछा मार्ने २३ , परेवा मार्ने एक र बिना अनुमति निकुञ्ज प्रवेश गरी निहुरो टिप्ने आठ जनालाई निकुञ्जले पक्राउ गरेको हो ।

निकुञ्जभित्र प्रवेश गर्ने तथा नियम विपरीत काम गर्ने व्यक्तिलाई पक्राउ गरी नियमानुसार कारबाही गरिएको उनले जानकारी दिए । यसबीचमा वन्यजन्तुको चोरी सिकार तथा अवैध व्यापार नियन्त्रणका लागि सरोकारवाला निकायबीच समन्वय र सहकार्य अभिवृद्धि गर्नका लागि सरोकारवालासँग छलफल गरिएको उनको भनाइ छ । 

पछिल्लो डेढ महिनामा निकुञ्ज तथा मध्यवर्ती क्षेत्रभित्र पर्ने विभिन्न स्थानमा दुईवटा गैँडा तथा एउटा बाघ मृत भेटिएको सूचना अधिकारी मगरले जानकारी दिए । गत मङ्सिर ७ गते मझुवा मध्यवर्ती सामुदायिक वनको क्षेत्रभित्र नारायणी नदीको दोस्रो भंगालोमा अन्दाजी ३१ वर्षको पोथी गैँडा पानीमा डुबेर मृत्यु भएको अवस्था तथा १३ गते निकुञ्जको ध्रुव पोष्ट नजिक करिब ३५ वर्षको पोथी गैँडा काल गतिले मरेको अवस्थामा फेला परेको उनले बताए । काल गतिले मरेका दुवै गैँडा काल गतिको खाग र खुर सुरक्षित रहेको उनको भनाइ छ ।

त्यस्तै मङ्सिर १६ गते अमल टारी सेक्टरअन्तर्गत नवलपुरको नन्दपुरघाटमा छ वर्षीय बाघ मृतावस्थामा भेटिएको उनले जानकारी दिए । अर्को बाघसँग जुधेर उक्त बाघ मरेको मगरको भनाइ छ । यस अवधिमा गैँडाको आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । 

कात्तिक २० गते कृष्णसार मध्यवर्ती सामुदायिक वन प्रवेश गर्ने क्रममा जिल्ला नवलपुरको कावासोती–७ का ६५ वर्षीय चुनबहादुर बोटे र मङ्सिर ८ गते नवलपुरकै मध्यविन्दु-६ का ६५ वर्षीय नाथुराम महतोलाई खेतबारीमा आलु लगाउने क्रममा गैँडाले आक्रमण गर्दा मृत्यु भएको उनले जानकारी दिए । निकुञ्जले वन्यजन्तु संरक्षण अभियानअन्तर्गत समुदायसँग सहकार्य गरी काम गरिरहेको भन्दै जाडो महिनामा अझै व्यवस्थित रूपमा अभियान चलाउने उनको भनाइ छ ।