१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फाल्गुनन्द गोल्ड कपको तयारी पूरा

अ+ अ-

पाँचथर । फिदिममा यही पुस ६ गतेदेखि सञ्चालन हुने फाल्गुनन्द गोल्ड कप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।
प्रतियोगिता आयोजक फिदिम स्पोर्टिङ क्लबका अनुसार विजेता टोलीले रु. १० लाख ५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेता टोलीले रु. पाँच लाख पाँच ५५५ पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगितामा ‘ए’ डिभिजनका चारसहित १० फुटबल टोलीले सहभागिता जनाउने तय भएको आयोजक क्लबका अध्यक्ष दीपेन्द्र थापा मगरले जानकारी दिए ।

प्रतियोगितामा ‘ए’ डिभिजनका मच्छिन्द्र फुटबल क्लब, न्यू रोड टिम (एनआरटी) फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड र विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब सहभागी हुने भएका छन् । यस्तै आयोजकसहित विराटनगर सिटी फुटबल क्लब मोरङ, झापा-११ फुटबल क्लब झापा, न्यू स्टार क्लब सुनसरी, सहलेश युवा क्लब सिरहा र करसांग फुटबल क्लब भारत सहभागी हुने भएका छन् ।

आयोजकले प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेका छन । त्यसअनुसार उद्घाटन खेलमा पुस ६ गते आयोजक फिदिम स्पोर्टिङ क्लब र करसांग फुटबल क्लब भारतका बीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको फाइनल खेल पुस १५ गते हुनेछ ।

प्रतियोगितामा विजेता र उपविजेता टोलीका अतिरिक्त सर्वोत्कृष्ट खेलाडी तथा विधागत रूपमा उत्कृष्ट खेलाडीसमेत पुरस्कृत हुने छन् । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले एक थान इभी स्कुटर प्राप्त गर्ने छन भने सर्वाधिक गोलकर्ताले रु. १५ हजार, प्रत्येक खेलका उत्कृष्ट खेलाडी (म्यान अफ दी भ्याच)ले रु. १० हजारका दरले पुरस्कार प्राप्त गर्ने छन् ।

यस्तै विधागततर्फ उत्कृष्ट ठहरिएका गोलरक्षक, रक्षक, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक र उदयमान खेलाडीले रु. १० हजारका दरले पुरस्कार प्राप्त गर्ने अध्यक्ष थापा मगरले जानकारी दिए । विसं २०६५ देखि सञ्चालित प्रतियोगिता फिदिम माध्यमिक विद्यालयको खेलमैदान भत्किएपछि २०७६ सालबाट स्थगन भएको थियो । छ वर्षपछि आयोजकले प्रतियोगितालाई निरन्तरता दिन लागेका हुन् ।

किराँत धर्मगुरु तथा सोह्रौँ राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको साधना स्थल लब्रेकुटी, समाधीस्थल सिलौटीसहितका धार्मिक पर्यटकीय गन्तव्यको प्रचार गर्ने, स्थानीय खेलकुदको विकास गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालित छ । प्रतियोगिताको मुख्य प्रवर्द्धक फिदिम नगरपालिका रहेको छ ।

प्रतियोगिता सञ्चालनका लागि आयोजकले फिदिम माध्यमिक विद्यालयको खेलमैदानलाई मर्मत गर्नुका साथै बाँसको प्रयोग गरी दर्शकका लागि अस्थायी प्यारापिट निर्माण गरेका छन् । प्यारापिटमा पाँच हजार दर्शक बस्न सक्ने आयोजकको भनाइ छ । खेलमैदानको व्यवस्थापनसहित प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस