२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हाकिम सा’ब ! नमस्कार भन्न आएको हजुर

अ+ अ-

ए हाकिम सा’ब !
नमस्कार हजुर,
आरामै हुनुहुन्छ ?

हजुरले मलाई चिन्नुहुन्छ, हुन्न,
कत्तिको सम्झना छ कुन्नि,
हजुरले लोकसेवा कक्षा पढाउनुभएको,
म पास भई हजुरकै कार्यालयमा सिफारिस भएको।
मलाई याद छ नि हजुर,
नियुक्ति दिँदै गर्दा हजुरले भनेको,
जागिर खाइयो हैन?
जागिर खाइयो नि।
खादै यहाँसम्म आइयो।
हजुर मेरो हाकिम हुनुभो,
म कारिन्दा भए।

हजुरसँगै काम गर्न पाइने भयो,
साह्रै खुसी लाग्यो,
सेवा प्रवाह गर्न थप उत्साह जाग्यो।
हजुरले कक्षामा पढाएको,
इमान्दारिता र निष्ठाका कुरा।
कार्यालयमा सुनाएका,
सुशासन र पारदर्शिताका कुरा।
कारिन्दा र हाकिम,
एक रथका दुई पाङ्ग्रा हुन् भन्ने कुरा।
बेलाबेला सम्झन्छु।
सम्झँदा, सेवा गर्ने जोस, जाँगर जाग्छ।
जता खटाए पनि जाउँ जाउँ लाग्छ।

हजुरकै आदेशमा खटाएको ठाउँमा,
दूर दराज नभनी सेवा गर्न गएको थिए नि हजुर।
त्यसैले होला हजुर मेरो सरुवा,
त्यही दूर दराजमै भइरहन्छ।
म हजुरले सिकाएको,
इमान्दारिता र निष्ठा,
सुशासन र पारदर्शिता सम्झिँदै,
हजुरले गरेको सरुवा शिरोधार्य गर्छु,
कसैलाई केही नभनी
खटाएको ठाउँमा हिँड्छु।

तर, हाकिम सा’ब !
कति सत्य हो, होइन थाहा छैन,
अस्ति हजुरले गर्दिनुभएको मेरो सातौँ सरुवालाई,
डाँफे सरुवा भन्दा रहेछन् नि हजुर।
हो कि के हो ?
हजुरले गर्दिएको मेरो सरुवा,
साथीहरूलाई सुनाइरहन्छु।
भन्छु, हेर साथी हो,
मेरो सरुवा चानचुने कहाँ हो र !
मेरो हाकिमसा’बले मलाई
विशेष रूपमा गर्दिएको डाँफे सरुवा हो।
स-साना कुरामा पनि खुसी हुने मलाई,
के चाहिन्थ्यो र यत्तिको सरुवा भए।
छाती फुलाउँदै हिँडे।
तर, आज आएर मैले,
सत्य थाहा पाए नि हजुर।
मलाई सरुवाका प्रकार पढाउँदा
डाँफे सरुवा किन पढाउनु भएन ?
अब कुनै लोकसेवा कक्षा पढाउँदा,
डाँफे सरुवा पढाउन नछुटाउनु।

हाकिम सा’ब !
पढ्दा अनि गुन्दाको कुरा फरक पर्ने रहेछ नि हजुर।
कारिन्दा र हाकिम एकै रथका दुई पाङ्ग्रा त के,
सूर्य र चन्द्र जस्तो हुन नि गाह्रो रहेछ।
किन भनूँ हजुर ?
हाकिम र कारिन्दा मुस्किलले,
देख त हुने तर, भेट नहुने।
भेट हुन मिल्ने भए पनि भेट्नै नहुने।
कारिन्दा र हाकिमबिच,
सवाल जवाफ गर्न त के,
कारिन्दाले दुई हात जोडेर गरेको,
नमस्कारसम्म फर्काउन नहुने।
अनि मिल्छ त हजुर पढ्दा र गुन्दाको कुरा ?

हजुरलाई याद छ होला नि,
हजुरले कक्षामा पढाउँदै गर्दा,
कुनै पेचिलो प्रश्न आउँदा,
हजुरले सिधा उत्तर दिन नसकी,
उदाहरण दिनुहुन्थ्यो नि,
हो आज म पनि एउटा उदाहरण दिन्छु।
दिऊ हजुर ?

अस्ति म एक हप्ते घर बिदा लिइ,
हजुरलाई नमस्कार गर्न हजुरको कार्यालयमा,
आएको थिए नि हजुर।
सुरुको दिन आउँदा,
मूल गेटबाट पास नै पाइन, फर्के।
अर्को दिन आउँदा,
हजुरको पिएको पास पाइन फर्के।
तेस्रो दिन आउँदा,
हजुर मिटिङमा अरे!
कार्यालय समयभित्र कुरे,
हजुरको मिटिङ सकिँदै सकिएन,
म फर्के।
चौथो दिन हजुरको कार्यकक्ष अगाडिको,
बोर्डमा ‘बाहिर’ भन्ने संकेत गरेको देखे।
बुझे, हजुर बाहिर हुनुहुँदो रहेछ, फर्के।
पाँचौँ दिन हजुर गोप्यमा हुनुहुन्छ अरे !
गोप्य कुर्दा कुर्दा नि नमस्कार गर्न पाइन।
छैटौँ दिन हजुरको खाजा समय,
अनि,
सातौँ दिन मेरो बिदा सकियो,
हजुरले खटाएको फिल्ड कर्मचारी,
म आफ्नो कार्यालय नपुगी भएन।
कार्यालय नपुगे हजुरको कारवाहीमा परिने डर,
फिल्ड कर्मचारीले यसै त बिदा नपाउने,
बल्ल तल्ल बिदा मिलाएर,
हजुरलाई नमस्कार गर्न आएको,
मैले खर्च गर्न सक्ने त्यै घर बिदा त थियो,
मेरो घर बिदाका यी छ दिन खर्च गर्दा समेत
हजुरलाई भेट्न पाइन नि हजुर।
बरु पशुपतिनाथको दर्शन जाँदा,
अलिबेर लाइन बसे,
पालो पाए, दर्शन गरे।
तर हजुरलाई नमस्कार गर्न नि पाइन।
गुनासो खासै गरिन,
अर्को पटक म आउँदा चैँ,
वान टु वान भेट्न मैले चाहन्न,
नमस्कार गर्ने वातावरण सम्म बनाइदिनु न।

ए हाकिम सा’ब !
मेरो पनि हजुरको जस्तै
घर परिवार छ नि हजुर।
मेरा पनि बालबच्चा छन्।
कहिलेकाहीँ सेवा अवधि पुगेको ठाउँबाट
मैले घर पायक सरुवा माग्दा,
यो त लिष्टमा छैन, अहिले राख्नुस्, हुँदैन,
कतैबाट आए गर्दिउँला भनी फिर्ता नगरिदिनु।
भन्छन् नि, हाकिम सा’बको नजर पारदर्शी हुन्छ,
हो त्यही नजरले मलाई पनि हेरिदिनु न।
हाकिम र कारिन्दाबिचको दुरी घटाइदिनु
मसँग हात मिलाऊ भन्दिन म,
दुई हात जोडेर मैले नमस्कार गर्दा,
दुरुस्त मेरो नमस्कार फर्काइदिनु।
यस पटक त्यति भन्न आको हजुर।

हाकिम सा’ब !
म बिहान साँझ घण्टौँ हिँड्दै
कार्यालय पुगी कामकाज गर्दा
मलाई कार्य चापको डर भएन,
तर आजकल हजुरको नजरको,
डर लाग्छ थालेको छ।
सरुवा, बढुवा, सजाय कानुन बमोजिम हुने होला,
तर मलाई हाकिम सा’बको,
आँखाको डर लाग्न थालेको छ।
किनकि,
हिजो वल्लो जिल्ला भएको मेरो सरुवा,
सहर्ष स्विकार्दै रमाना भएको म,
आधि बाटो पुग्दा मोबाइलको घण्टीले,
पल्लो जिल्ला सरुवा भएको खबर ल्यायो।
ए हाकिम सा’ब ! अब म कुन जिल्ला जाउँ हजुर ?
वल्लो जिल्ला जाउँ कि पल्लो ?
कि मलाई आधि बाटोमै,
सरुवाको सन्देश नसुनाउनु,
होइन भने मेरो सरुवा मिलाइदिनु।
यस पटक नमस्कार सँगै,
यति गुनासो गर्न आएको हजुर।

हाकिम सा’ब !
यो पटक त मेरो नमस्कारको कदर गरिदिनु,
मलाई छाती फुलाएर सेवा गर्ने आट दिलाइदिनु,
मेरो कामको सकारात्मक मूल्याङ्कन गरिदिनु,
मलाई म कर्मचारी हुँ भन्ने भाव दिलाइदिनु।
हजुरको वरिपरि त,
तोकेको जिम्मेवारी पूरा होस्, नहोस्,
हाकिम सा’बको आशीर्वाद रहिरहोस्,
भन्ने धेरै छन् नि हजुर।
त्यै आशीर्वादको सानो अंश,
मेरो थाप्लोमा पनि राखिदिनु।
कानुन र कार्यालयबिचको,
हाकिम र कारिन्दाबिचको,
पारस्परिक सम्बन्ध अनि गठबन्धनको
अन्वेषण गराइदिनु।
यति गरिदिनु।
यति भए पुग्छ मलाई।
हस् त नमस्कार।