काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वटा विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेका छन् । छनौट सिफारिस समितिले नाम सिफारिस गरेपछि ओलीले उपकुलपतिमा नियुक्ति गरेका हुन् ।
नेपाल संस्कृत विश्वविद्यालयमा प्रा. डा. धनेश्वर नेपाल, पोखरा विश्वविद्यालयमा प्रा. डा. वेदराज केसी र कृषि तथा वन विज्ञान विश्वविद्यालयमा प्रा. डा. शारदा थपलिया उपकुलपतिमा नियुक्ति भएका छन् ।