काठमाडौँ । लोक सेवा आयोग काठमाडौँले नेपाल टेलिकमको विभिन्न सेवा, समूह र पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
आयोगको केन्द्रिय कार्यालयले सोमबार एक सूचना जारी गरी नेपाल टेलिकमको विभिन्न सेवा, समूह र पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को विज्ञापन नं. ३७, ३९-४५ र ५७-६०/२०८०-८१ (आ.प्र., खुला तथा समावेशी), तह ७, विभिन्न सेवा, समूह र पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् नतिजा :