काठमाडौँ। युवती प्रयोग गरेर बलात्कार मुद्दा फसाउने भन्दै रकम असुलेको घटनामा संलग्न इन्सपेक्टर बिनुकुमारी शाहीलाई धरौटीमा रिहा गर्न आदेश भएको छ । ललितपुर जिल्ला अदालतले सोमबार शाहीलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश गरेको हो ।
फरार रहेकी शाही (हिजो) आइतबार उनी जिल्ला अदालत ललितपुरमा उपस्थित भएकी थिइन् । न्यायाधीश रिताकुमारी बख्रेलको इजलासले उनलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश गरेको अदालतले जनाएको छ ।