काठमाडौँ । कोशी प्रदेश सरकारले प्रदेश लोक सेवा आयोगको सिफारिसका आधारमा प्रदेश निजामती सेवाका विभिन्न सेवा/समूहका ६ जना कर्मचारीलाई अधिकृत स्तर नवौँ तहमा बढुवा गरेको छ।
बढुवा समितिको शुक्रबार बसेको बैठकले प्रदेश इन्जिनियरिङ सेवा र प्रदेश स्वास्थ्य सेवा पदमा बढुवा गर्ने निर्णय गरेको हो ।
