काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको मूल्य सार्वजनिक गरेको छ ।
जसअनुसार गोलभेँडा ठुलो भारतीयको अधिकतम मूल्य प्रतिकिलो ९०, गोलभेँडा सानो लोकलको ४०, गोलभेँडा सानो तराईको ४५, आलु रातोको ६० रुपैयाँ कायम भएको समितिले जनाएको छ ।
यस्तै, प्याज सुकेको भारतीयको ७०, काउली तराईको ३०, काउली स्थानीयको ३५, लौकाको ७०, तरुलको ८०, अनारको ४००, केरा दर्जनको १७० रुपैयाँ कायम भएको समितिले जनाएको छ ।
यस्तैगरी, तोरीको साग ५०, पालूगो साग ९०, चमसूरको साग ९०, कागती १३०, किवी २५० रुपैयाँ रहेको छ ।









