८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘ब्लड फर मी’ ‘मोबाइल एप्स’ सार्वजनिक

अ+ अ-

ललितपुर । आपत्कालीन अवस्थामा ताजा रगत खोज्न सहजीकरणको लागि ‘ब्लड फर मी’ ‘एप्स’ सार्वजनिक गरिएको छ ।  ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान) जिल्ला शाखा ललितपुरको विशेष अधिवेशनका अवसरमा आज बागमती प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले एप्स सार्वजनिक गरेका हुन् ।

मन्त्री महर्जनले मानवीय सेवासँग जोडिएको रक्तदानलाई व्यवस्थित बनाउन र आपत्कालीन अवस्थामा रगतको अभाव पूर्ति गर्न प्रविधिको प्रयोगले महत्त्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले रक्तदान जस्तो महान् कार्यलाई बढावा दिन जनचेतनामूलक क्रियाकलाप अगाडि बढाउनुपर्नेमा जोड दिए । “हाम्रा सबै धर्मको मर्म मानवीय सेवा नै भएकाले रक्तदानलाई मानवीय सेवाको उत्कृष्ट कार्यका रूपमा सम्मानका साथ प्राथमिकता दिएर अगाडि बढाउनुपर्छ । सबै संस्थाले एकीकृत ढंगले क्रियाशील भएर बिरामीलाई निःशुल्क रगत दिने व्यवस्थाअनुसार क्रियाशील हुन ध्यानाकर्षण गराउन चाहन्छु ।”

उनले सरकारी सेवालाई ‘डिजिटलाइज’ गर्ने क्रममा नागरिकको सहज पहुँचलाई ध्यानमा राखेर प्रदेश सरकार अगाडि बढिरहेको बताए । विज्ञान र प्रविधिको युगमा ‘टेलिमेडिसिन’को माध्यमबाट उपचार गर्ने प्रविधिको विकास र विस्तार गरी जनतालाई राम्रो र प्रभावकारी सेवा दिन सरकार प्रयासरत रहेको मन्त्री महर्जनको भनाइ थियो ।

नेपाल रेडक्रस सोसाइटी ललितपुर शाखाका अध्यक्ष बाबुराजा महर्जनले बिरामीहरूलाई सहज र स्वच्छ रगत उपलब्ध गराउन संस्थाले निरन्तर योगदान दिने बताए । उनले आफूहरूसँग तीन सय संघसंस्था प्रत्यक्ष रूपमा जोडिएको जानकारी दिँदै स्वयंसेवी रक्तदाताहरूलाई निरन्तर हौसला प्रदान गर्न सबैको सहयोग आवश्यक रहेको धारणा राखे । 

जिल्ला जनस्वास्थ्य कार्यालयको समन्वयमा ललितपुरको पाटन अस्पताल र वज्रवाराही प्रदेश अस्पताललाई निःशुल्क रगत उपलब्ध गराउने व्यवस्था मिलाएको अध्यक्ष महर्जनले जानकारी गराए । ‘ब्लड फर मी’ एप्लिकेसनका निर्माणकर्ता साजन महर्जनले रगतको आवश्यकता परेको समयमा खोजीका लागि भोग्नुपर्ने कठिनाइ तथा समस्या समाधान गर्दै स्वस्थ रगत सजिलै उपलब्ध हुने अवस्था सृजना गर्न प्रविधिको विकास गरेको बताए ।

ब्लोदान काठमाडौँका अध्यक्ष तिलकबहादुर अधिकारी, जिल्ला शाखा ललितपुरका संस्थापक अध्यक्ष राजेन्द्र महर्जन,  उपाध्यक्ष मदन श्रेष्ठले वर्तमान समयमा रक्तदानको महत्त्व, रक्तदानमा विभिन्न संघसंस्थाको सहभागिताको आवश्यकता र औचित्यताको बारेमा चर्चा गरेका थिए । कार्यक्रममा स्वयंसेवी रक्तदाता ब्लोदानका केन्द्रीय सदस्य साधुराम महर्जनलाई सम्मान गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस