१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वन्यजन्तुको आक्रमण बढ्दो : पाँच महिनामा ८३ जनाको मृत्यु

अ+ अ-

काठमाडौँ । पछिल्लो समय वन्यजन्तुको आक्रमण बढ्दै गएको छ।

आर्थिक वर्ष २०८१/०८२ को श्रावणदेखि मंसिर महिनासम्मको अवधिमा विभिन्न जनावरको आक्रमणबाट ८३ जनाको मृत्यु भएको छ। आक्रमणबाट ५९९ जना घाइते भएका छन् भने २५६ जनालाई उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ ।

नेपाल प्रहरीका अनुसार, पाँच महिनामा हात्तीको आक्रमणबाट ६ जनाको मृत्यु, १४ जना घाइते, र ३ जनाको उद्धार भएको छ। बाघको आक्रमणमा ३ जनाको मृत्यु, २४ जना घाइते, र ११ जनाको उद्धार भएको छ।

गैँडाको आक्रमणमा ४ जनाको मृत्यु, १४ जना घाइते, र ४ जनाको उद्धार भएको छ भने भालुको आक्रमणमा १५ जना घाइते भएका छन् र २ जनाको उद्धार भएको छ। सर्प दंशका घटनामा सबैभन्दा बढी क्षति भएको छ । जसमा ७० जनाको मृत्यु, ५३२ जना घाइते, र २३६ जनाको उद्धार गरिएको छ।

जनावरको आक्रमण रोक्न तथा उद्धार कार्यका लागि १,८३५ प्रहरी परिचालन गरिएको छ। मानव र जनावरबीचको द्वन्द्व व्यवस्थापनका लागि स्थानीय तह र सरोकारवालाहरूबीच समन्वय गरेर कार्य गर्नुपर्ने आवश्यकता देखिएको छ।

यस अवधिमा जनावरको आक्रमणबाट भएको क्षतिले स्थानीय क्षेत्रका बासिन्दाको जनजीवन असुरक्षित बनेको छ। जनावरको प्राकृतिक बासस्थान संरक्षण तथा मानव-जनावर द्वन्द्व न्यूनीकरणका लागि दीर्घकालीन उपाय अवलम्बन गर्न विज्ञहरूले सुझाव दिएका छन्।

प्रतिक्रिया दिनुहोस