काठमाडौँ । अब कुनै स्थानीय तहको अध्यक्ष वा उपाध्यक्ष वा प्रमुख तथा उपप्रमुख दुवै निलम्बनमा परे वा पद रिक्त भए कार्यपालिकाले छानेको व्यक्ति कार्यवाहक हुने भएको छ ।
सरकारले सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश मार्फत स्थानीय शासन सञ्चालन ऐन संशोधन गरी यस्तो व्यवस्था प्रस्ताव गरेको हो । अध्यादेश राष्ट्रपतिबाट प्रमाणित भएपछि कार्यान्वयनमा आउने छ ।
यसअघि ललितपुर गोदावरी लगायत केही स्थानीय तहमा एकै पटक प्रमुख तथा उपप्रमुख निलम्बन हुँदा कार्य सञ्चालनमा अप्ठ्यारो परेको थियो ।
प्रमुख, उपप्रमुख नहुँदा गोदावरीको बजेट नै अन्योलमा
त्यस्तो अवस्था सम्बोधन गर्न सरकारले कार्यपालिका सदस्यमध्येबाट उनीहरूले नै छनोट गरेको व्यक्तिले कार्यवाहक अध्यक्ष, उपाध्यक्ष वा प्रमुख वा उपप्रमुख भई काम गर्ने व्यवस्था ऐनमा गर्न लागिएको हो ।
त्यस्तै स्थानीय तहको वडाध्यक्ष रिक्त भएको अवस्थामा पनि वडा सदस्यमध्येबाट उनीहरूले नै छानेको व्यक्तिले कार्यवाहक वडाध्यक्ष भई काम गर्ने व्यवस्था गरिएको छ । स्थानीय शासन सञ्चालन ऐन संशोधन गर्दै एम्बुलेन्स तथा बारुणयन्त्र ९दमकल० सञ्चालन र व्यवस्थापनको जिम्मा पनि स्थानीय तहलाई दिइएको छ।