१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी आरोपमा शिक्षक पक्राउ

अ+ अ-

काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्रमा १४ वर्षदेखि अध्यापन गराउँदै आएका एक शिक्षक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काभ्रेको धुलिखेल नगरपालिका-९ का ४८ वर्षीय विकास श्रेष्ठ छन् । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनले विगत १४ वर्षदेखि काभ्रेकै बनेपा नगरपालिका-६ बुडोलमा रहेको काभ्रे उच्च माविमा अध्यापन गराउँदै आएको खुलेको छ ।

उनले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको मीन भवन कमर्स क्याम्पसबाट स्नातकोत्तर उत्तीर्ण गरेको शैक्षिक प्रमाणपत्र बनाएको आरोप छ ।

त्यसैगरी स्नातक तह र प्लस टुको पनि नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा उनले अध्यापन गराउँदै आएको खुलेको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

श्रेष्ठ काभ्रे उच्च माविमा विगत २०६७ सालदेखि अध्यापन गराउँदै आएका थिए । निमाविबाट अस्थायी दरबन्दीमा अध्यापन गराउँदै आएका उनी पछिल्लो समय प्लस टुसम्म अध्यापन गराउने गरेको पाइएको छ ।

उनले नक्कली शैक्षिक प्रमाणकै आधारमा लाइसेन्स परीक्षा समेत दिएर अध्यापन अनुमति पत्र लिएको समेत भेटिएको छ ।