९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अखिल क्रान्तिकारीको आयोग सदस्यमा १३ जना निर्विरोध

अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)को केन्द्रीय समितिको नेतृत्व चयनका लागि शनिवार निर्वाचन हुँदैछ । केन्द्रीय समिति तथा केन्द्रीय समिति अन्तरगतका विभिन्न आयोगमा पनि शनिवार नै निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन हुन लागेको हो ।

निर्वाचन समितिका अनुसार ३१२ पदका लागि ५०० जनाको उम्मेदवारी दर्ता भइसकेको छ । पदाधिकारीदेखि केन्द्रीय सदस्यमा धेरैको उम्मेदवारी परे पनि केन्द्रीय समिति अन्तरगत नै रहेका विभिन्न आयोगमा प्रदेशबाट निर्वाचित भएर आउने सदस्य पदमा भने अधिकांशमा उम्मेदवारी नपरेको पाइएको छ ।

निर्वाचन समितिका अनुसार लेखा आयोगको सदस्यमा कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, विश्वविद्यालय प्रदेश र उपत्यका विशेष प्रदेशबाट उम्मेदवारी नै दर्ता भएन । यस्तै निर्वाचन आयोग सदस्यमा लुम्बिनी, गण्डकी, बागमती र मधेश प्रदेशबाट उम्मेदवारी नै परेन । यस्तै अनुशासन आयोग सदस्यमा लुम्बिनी र बागमती प्रदेशबाट उम्मेदवारी नै दर्ता नभएको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिका अनुसार लेखा आयोग सदस्यमा बागमती प्रदेशबाट राजेशबहादुर खत्री, मधेश प्रदेशबाट मनोहर यादव, प्रदेश १ बाट सन्देश राई र सुदूरपश्चिम प्रदेशबाट मनीषा साउँद एकल उम्मेदवारी परेको छ । उनीहरू निर्विरोध निर्वाचित हुने भएका छन् । यद्यपि निर्वाचन समितिले घोषणा गर्न बाँकी छ ।

यस्तै अनुशासन आयोग सदस्यमा उपत्यका विशेष प्रदेशबाट सुजन घिमिरे, प्रदेश १ बाट विक्रम परियार, गण्डकी प्रदेशबाट उमेश खनाल, मधेश प्रदेशमा जितेन्द्रकुमार यादव र विश्वविद्यालय प्रदेशबाट आशिम बास्ताकोटीको एकल उम्मेदवारी दर्ता भएको छ । उनीहरू पनि निर्विरोध निर्वाचित हुने भएका छन् ।

निर्वाचन आयोग सदस्यमा पनि प्रदेश १ बाट दर्शन शाह, विश्वविद्यालय प्रदेशबाट विपिन लामा, उपत्यका विशेष प्रदेशबाट निराजन गौतम र सुदूरपश्चिम प्रदेशबाट पूर्णसिंह धामीको एकल उम्मेदवारी दर्ता भएको छ । उनीहरू पनि निर्विरोध निर्वाचित हुने भएका छन् ।

प्रतिक्रिया दिनुहोस