२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अर्थमन्त्री पौडेलको दाबी : रुपन्देहीमा देशमै नमुना विकास निमार्णका आयोजना अघि बढेका छन्

अ+ अ-

काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले रुपन्देही क्षेत्रमा देशमै नमुना महत्त्वपूर्ण विकासका आयोजनाहरू अगाडि बढिरहेको बताएका छन् ।

सुरुङमार्ग आयोजना समयमै सम्पन्न हुने र यो मृत्यु मार्ग नभै जीवन मार्गका रूपमा रूपान्तरण हुने अर्थमन्त्री पौडेलले बताए । उनले सिद्धबाबा सुरुङ मार्ग आयोजना नेपालको आफ्नै लगानी भएको पहिलो आयोजना रहेकोले देशकै लगानीमा पनि धेरै काम गर्न सकिने रहेछ भन्ने सन्देश दिएको बताए ।

‘सिद्धबाबा सुरुङमार्गको कुरा गर्दा हिजो कतिपयले खिसिट्यूरी गर्थे, तर आज यसले सार्थकता पाएको देख्दा खुसी लागेको छ’, उनले भने । त्यस्तै, बुटवलदेखि पोखरासम्मको सडक पनि स्तरोन्नतीको काम गर्ने र सडकको दूरी घटाउने गरी अगाडि बढिने अर्थमन्त्री पौडेलको भनाइ छ ।

अर्थमन्त्री पौडेलले बुटवल-गोरुसिंगे सडक बिस्तारका क्रममा नागरिकले सास्ती नपाउने प्रतिबद्धता पनि व्यक्त गरे । ‘बुटवल-नारायणगढ सडक निर्माणमा जस्तो यो सडकमा नागरिकले सास्ती नपाउने गरी काम हुन्छ’, उनले भने ।

बिचको पिच एकैपटक भत्काएर लथालिंग नपारिने र दुवैतर्फको भाग पहिले निर्माण गरेपछि मात्रै बीचको पिच भत्काउने गरी आयोजनाले कामको तयारी गरेको पनि उनले बताए ।

आयोजना समयमै र गुणस्तरीयता सम्पन्न गर्न सबैको साथ र सहयोग आवश्यक रहेको पनि अर्थमन्त्री पौडेलले बताए । कतिपय आयोजनाले निकै पीडा दिएको भन्दै अर्थमन्त्री पौडेलले समयमै आयोजना सम्पन्न गर्ने गरी काम गर्न निर्माण कम्पनीलाई निर्देशन दिए ।

भौतिक पूर्वाधार विकासमन्त्री देवेन्द्र दाहालले पूर्वाधार निर्माणको क्षेत्रलाई सरकारले विशेष प्राथमिकतामा राखेर अगाडि बढेको भन्दै बुटवल–गोरुसिंगे सडक बिस्तारको काम समयमै सक्ने गरी अगाडि बढ्न निर्माण कम्पनीलाई आग्रह गरे ।

बुटवलदेखि गोरुसिङ्गेसम्मको ५० किलोमिटर सडक स्तरोन्नतिको शुक्रबार शिलान्यास भएसँगै अब काम अगाडि बढ्ने छ ।

सडक आयोजना कार्यालय बुटवलकी प्रमुख कुशलता न्यौपानेले सडक विस्तारका क्रममा आवश्यक पर्ने निर्माण सामाग्रीहरू ठाउँ-ठाउँमा भण्डारण गर्ने, सडक क्षेत्राधिकारमा पर्ने संरचनाहरु हटाउने, कटान गर्ने रुखको गणना गर्ने र पुल बनाउने र अण्डरपास हुने स्थानको पुनः माटो परीक्षण गर्ने लगायतका काम सम्पन्न भैसकेको जानकारी दिइन् ।

राजा महेन्द्रको पालामा वि।सं। २०१९ सालमा बनेको बुटवल गोरूसिंगे ५० किलोमिटर सडक खण्ड ६२ वर्षपछि विस्तारको काम हुन लागेको हो ।

बुटवल-नारायणगढ सडकमा जस्तो जनतालाई सास्ती नहोस् भन्ने उद्देश्यले बुटवल-गोरुसिंगे खण्ड विस्तार गर्दा अहिलेको पिच नभत्काईकन गर्ने पूर्व तयारी छ । आयोजना प्रमुख न्यौपानेले सडक विस्तार क्षेत्रभित्रका पालिकाहरूबाट जनतालाई सास्ती नहोस् भन्ने उद्देश्यले पहिले दुवै छेउँको सडक बनाएपछिमात्र बिचको पिच भत्काउन सुझाव आएकोले सोही अनुसार गर्ने बताइन् ।