काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको थुनछेक बहस आइतबार पनि हुने भएको छ। रुपन्देही जिल्ला अदालतमा जारी थुनछेक बहस शुक्रबार नसकिएपछि आइतबार निरन्तरता पाउने भएको हो।
रूपन्देही जिल्ला न्यायाधिवक्ता प्रेम पौडेल, सहन्यायाधिवक्ता गोकर्ण घिमिरेलगायतका सरकारी वकिलले बहस गरे भने सहकारी पीडितको तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बहस गरेका थिए। सहकारी पीडितका तर्फबाट समेत बहस सकिएको छ।
आज रवि लामिछानेको तर्फबाट बहस गर्दै गर्दा समय अभावका कारण नसकिएपछि आइतबार पुनः बहस हुने अदालतले जनाएको छ ।
आज अदालतमा लामिछाने उपस्थित भएपछि जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा थुनछेक बहस भएको थियो।
आज पनि श्रीमती र अधिवक्ताको रोहबरमा आइतबार हाजिर हुने गरी आदेश भएको छ ।