डोटी । डोटीको बडीकेदार गाउँपालिका वडा नम्बर ५ की एक गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।
बडीकेदार गाउँपालिका ५ केदारमाण्डौ बस्ने लक्ष्मण पुन मगरकी श्रीमती वर्ष २३ की बिष्नादेवी पुनको जिल्लामा उपचार सम्भव नभएपछि सेनाको हेलिकप्टर मार्फत आइतबार उद्धार गरिएको हो ।
सुत्केरी बेथाले अचेत अवस्थामा रही स्थानीय सामुदायिक स्वास्थ्य इकाई सेउडिखेतमा सामान्य उपचार गरी थप उपचारका लागी सेनाको हेलिकप्टर मार्फत आइतबार उद्धार सुर्खेत पुर्याइएको डोटीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए ।
पुनको प्रादेशिक अस्पताल सुर्खेतमा उपचार भइरहेको समेत समेत प्रजिअ जोशीले बताएका छन् ।