२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ताप्लेजुङ घटनाबारे छलफल गर्न गृहमन्त्रीले बोलाए ४ जिल्लाका सांसद

अ+ अ-

काठमाडौँ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माण गर्ने क्रममा भएको तनावबारे छलफल गर्न गृहमन्त्री रमेश लेखकले सांसदहरूलाई छलफलका लागि बोलाएका छन्। मन्त्री लेखकले ताप्लेजुङ, पाँचथर, तेह्रथुम र इलामका प्रतिनिधि सभा सदस्यहरूलाई छलफल गर्नका लागि आज साँझ ५ बजे गृह मन्त्रालयमा बोलाएका हुन् ।

पाथीभरा क्षेत्रमा केवलकार निर्माण गर्न नहुने माग स्थानीयले राख्दै आएका छन् । सोही क्रममा गत शनिबार ‘नो केबलकार’ समूह र सुरक्षाकर्मीबीच झडप भएको थियो । स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाउँदा दुई जना र भाग दौडमा लडेर एक जना गरी जम्मा तीन जना गम्भीर घाइते भएका छन् । उनीहरूको काठमाडौँमा उपचार भइरहेको छ ।

आन्दोलनरत पक्षसँग वार्ता एवं स्थिति थप तनाव हुन नदिन सरकारको तर्फबाट पहलस्वरूप गृहमन्त्रीले छलफल गर्न लागेका हुन् ।

प्रहरीले दमन गरेको भन्दै विरोधमा उत्रिएकाहरूले आज मेची राजमार्ग, तमोर करिडोर अनिश्चितकालीन बन्द आह्वान गरेका छन् । जसकारण ताप्लेजुङमा यातायात ठप्प भएको छ ।