काठमाडौं । कर्णाली प्रदेश लोक सेवा आयोगले प्रदेश निजामती सेवा पाँचौँ तहका (प्राविधिक/अप्राविधिक) पदहरूका लागि दरखास्त आह्वान गरेको छ।
मंगलबार जारी सूचनाअनुसार आन्तरिक अन्तर समूह तह र खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामार्फत स्थायी पदपूर्तिका लागि आयोगले आवेदन खुलाएको हो।
योग्यता पुगेका उम्मेदवारहरूले तोकिएको समयभित्र अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्ने आयोगले जनाएको छ।
प्रतियोगितात्मक परीक्षाबाट छनोट भएका उम्मेदवारहरूलाई प्राथमिकता क्रमअनुसार नियुक्तिका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, कर्णाली प्रदेशमा सिफारिस गरिने सूचनामा उल्लेख गरिएको छ।
