काठमाडौँ । मंगलबार सेयर बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा १२.६८ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २७४० मा कायम भएको छ ।
बजारको परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन १० अर्ब ४ करोडको कारोबार भएकोमा आज १० अर्ब ४३ करोडको भयो ।
८७ कम्पनीको मूल्य बढ्दा १४९ को घट्यो भने ८ को स्थिर रहेको छ ।