काठमाडौँ । सचिव बढुवा सिफारिस समितिले एक जना सचिव (विशिष्ट श्रेणी) पदका लागि तीन जना सहसचिवको नाम सिफारिस गरेको छ।
लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा मंगलवार(आज) बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले वरिष्ठ सहसचिव त्रय, वीरेन्द्र कुमार यादव, मदन भुजेल र चन्द्रकला पौडेलको नाम सिफारिस गरेको प्रशासन सिंहदरवार ब्युरोलाई जानकारी प्राप्त भएको छ ।
दोस्रो नम्बरमा सिफारिस गरिएका भुजेल मधेस प्रदेश सरकारको कामु प्रमुख सचिव हुन्, भने तेस्रो नम्बरकी पौडेल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा कार्यरत छिन्।
निलम्बित सचिव टेकनारायण पाण्डे अनिवार्य अवकाशमा गएसँगै एक सचिव पद रिक्त भएको थियो। सम्भवतः अब बस्ने मन्त्रिपरिषद् बैठकले तीमध्ये एक जनालाई सचिवमा बढुवा गर्नेछ।