२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घोराहीमा मगर सङ्ग्रहालय स्थापना

अ+ अ-

दाङ । मगर समुदायको कला संस्कृति संरक्षण गर्न घोराही उपमहानगरपालिका-१३ नयाँ बसपार्कमा सङ्ग्रहालय स्थापना भएको छ । सङ्ग्रहालयमा मगर समुदायको कला, संस्कृति र परम्परासँगसम्बन्धी सामग्री राखिएका छन् ।  

नेपाल मगर संघ घोराही नगर समितिका अध्यक्ष वेदबहादुर बुढामगरका अनुसार मगर समुदायको मौलिक कला, संस्कृति र परम्परालाई संरक्षण गर्ने उद्देश्यले सङ्ग्रहालय स्थापना गरिएको भए पनि साँघुरो ठाउँका कारण व्यवस्थित हुन नसकेको बताए ।

उनले भने, “सङ्ग्रहालय मगर समुदायको कला, सांस्कृतिक र परम्पराका बारेमा अध्ययन तथा जानकारी लिने ठाउँ बनेको छ ।” मगर समुदायसँग सम्बन्धित थप सामग्रीलाई खोज्ने कार्य भइरहेको तथा नयाँ भवन निर्माणपछि सङ्ग्रहालय व्यवस्थित हुने अध्यक्ष मगरले बताए ।

मगर समुदायको बाहुल्य रहेका रोल्पा र रुकुमलगायत क्षेत्रबाट क्षेत्रबाट सामग्री संकलन गरिने छ । “अहिले नमूनाका रूपमा सङ्ग्रहालय स्थापना गरेर कला, संस्कृति र परम्पराको संरक्षणमा लागेका छौँ”, लुम्बिनी प्रदेश सरकारबाट रु आठ लाखको सहयोग प्राप्त भएको जानकारी दिँदै उनले भने ।

सङ्ग्रहालयमा मगर समुदायसँग सम्बन्धित वेशभूषा, गरगहना, बाजासँगै दैनिकी जीवनयापनका क्रममा प्रयोग गरिने काठ, माटो, तामाका विभिन्न सामग्रीहरूसँगै धनुष, नरसिंगा, पञ्चैबाजा, घुँघरु, ढुन्डी, सुरही, हाते पिरुंगा, दियो, टुकी, ठेकी, जाबे झोला, तुला, हलो, जुवालगायत घरेलु उत्पादन राखिएका छन् ।

मगर सङ्ग्रहालयसँगै कार्यालय सञ्चालनका लागि संघीय सरकारको रु एक करोडको लागतमा घोराही उपमहानगरपालिका-१८ ढोडेनीमा नयाँ भवन निर्माण हुने अध्यक्ष बुढाले बताए ।