२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णाली प्रदेश अस्पतालमा छ जनाको मिर्गौला प्रत्यारोपण

अ+ अ-

कर्णाली । कर्णाली प्रदेश अस्पताल सुर्खेतले हालसम्म छ जनाको मिर्गौला प्रत्यारोपण गरेको छ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र प्रदेश अस्पतालबीच विसं २०७८ चैत २० गते सम्झौता भएयता छ जनाको प्रत्यारोपण गरिएको हो ।

कर्णाली प्रदेश अस्पतालले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा निर्देशक डा. केशर ढकालले सम्झौता भए देखी फागुन १९ गतेसम्म छ जनाको मिर्गौला प्रत्यारोपण गरिएको जानकारी दिए । 

उनले प्रत्यारोपण कार्यलाई नियमित र यस कार्यमा अस्पताललाई प्रभावकारी बनाउन अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा प्राविधिकहरूको क्षमता अभिवृद्धिमा जोड दिइने बताए । “प्रत्यारोपण केन्द्रले यसको नियमित सेवा सुरु गर्न प्राविधिक सहयोग गरेको छ । मुटु रोग निदान तथा उपचारका लागि क्याथल्याब सेवाको परीक्षण सम्पन्न भइसकेको हुँदा नियमित सेवा सञ्चालनका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट कार्डियोलोजिष्ट खटाइएको छ । अब यहाँ रहेका जनशक्तिको दक्षता अभिवृद्धिका लागि केन्द्रमा तालिम गर्न पठाउने योजना बनाइरहेका छौँ”, उनले भने । 

निर्देशक ढकालका अनुसार प्रदेश अस्पतालमा क्यान्सर रोग उपचारका लागि अंकोलोजी, जलन (पोलिएको) रोग उपचार तथा शल्यक्रिया सेवा सञ्चालन हुनाका साथै अब चाँडै न्यूरोलोजी सेवा पनि सञ्चालन हुनेछ ।