काठमाडौँ । अमेरिकामा अवैधानिक रूपमा बसिरहेका नेपालीहरूलाई लिएर अमेरिकी चार्टर जहाज काठमाडौँ आइपुगेको छ ।
अध्यागमन कानुन उल्लघंन गर्ने केही नेपालीहरूलाई लिएर अमेरिकी चार्टर जहाज बुधबार बिहान १० बजे काठमाडौँ अवतरण गरेको हो ।
निष्कासित भएकाहरूमध्ये गैरकानुनी तरिकाले अमेरिका बस्दै आएका केहीलाई त्यहाँको अध्यागमन मामिला हेर्ने अदालतले निष्कासन गर्ने फैसला सुनाएको थियो भने केहीलाई गैरकानुनी रूपमा काम गरिरहेका बेला पक्राउ गरेका थिए।
अमेरिकामा डोनाल्ड ट्रम्पले गत जनवरी २० मा राष्ट्रपतिको सपथ लिएसँगै गैरकानुनी रूपमा बसिरहेका आप्रवासीहरूप्रति उनी आक्रामक बनेका छन्। त्यस्ता आप्रवासीहरूलाई ट्रम्प प्रशासनले अमेरिकाबाट निष्कासन गरिरहेको छ।
नेपाल,भारत लगायत अन्य देशका अवैधानिक आप्रवासीहरूलाई समेत अमेरिकाले उनीहरूकै देश फर्काइरहेको छ ।