१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

द क्लिफमा प्रहरीको ‘कमाण्डो’का प्रशिक्षार्थीको बञ्जीजम्प

अ+ अ-

काठमाडौँ । कुस्मास्थित द क्लिफमा नेपाल प्रहरीको प्रहरी विशेष कला तथा कारबाही (कमाण्डो)का प्रशिक्षार्थीले बञ्जी जम्प गरेका छन् । तालिम संयोजक प्रहरी नायब उपरीक्षक गणेशबहादुर बरालको संयोजनमा क्लिफमा प्रहरीलाई बञ्जी जम्प गराइएको महाविद्यालयका प्राचार्य प्रहरी वरिष्ठ उपरीक्षक दीपशमशेर जबराले जानकारी दिए । 

“जस्तोसुकै अवस्थाका लागि कमाण्डोलाई तयार गर्न साहसिक गतिविधिमा संलग्न गराइएको हो”, प्रहरी वरिष्ठ उपरीक्षक जबराले भने, “द क्लिफसँग केही वर्षदेखि हामीले सहकार्य गर्दै आएका छौँ ।” उनका अनुसार १०६ जना प्रशिक्षार्थी प्रहरीले बन्जी जम्प गरेका हुन् । 

नेपाल प्रहरीले तालिमका क्रममा प्रशिक्षार्थीहरूलाई विभिन्न साहसिक खेलमा सहभागी गराउँदै आएको छ । यसअघि पनि सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीले तालिमका क्रममा द क्लिफमा बञ्जी जम्प गरिसकेको द क्लिफका अध्यक्ष राजु कार्कीले बताए । “हामी पनि नेपाल प्रहरीको तालिमको हिस्सा बन्न पाउँदा खुसी छौँ, आगामी दिनमा पनि यस प्रकारको सहकार्यलाई निरन्तरता दिनेछौँ”, उनले भने ।

राजु कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोँचमाथि पर्वत र बागलुङ बलेवा जोड्ने गरी बनाइएको द क्लिफमा विश्वकै अग्लो स्वीङ र विश्वकै दोस्रो अग्लो बञ्जी जम्प सञ्चालन हुँदै आएको छ । बन्जी र स्वीङसँगै क्लिफमा रहेको रिसोर्टमा लग्जरी कटेज पनि छ । 

इन्फिनिटी स्विमिङ पुल र सम्मेलन हल निर्माणाधीन छन् । क्लिफमा विश्वकै अग्लो व्यावसायिक स्काइ साइक्लिङ, मेगा ट्रोल, स्काइ क्याफे, वाल क्लाइम्बिङ, गुलेली पिङ, क्रेजी ब्रीज, स्काइ ग्लाइडिङ, स्काइ चियरलगायत गतिविधि सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस