काठमाडौँ । पहाडको नजिकै लगेर विमान उडाएको आरोपमा पाइलटलाई निलम्बन गरिएको छ ।
बेलायतबाट इजिप्टका लागि उडेको विमान एउटा पहाडको नजिकै उडेको पाइएपछि इजीजेट एयरलाइन्सको उक्त विमानका पाइलट पल एल्सवर्थलाई कारवाही गरिएको हो ।
फेब्रुअरी २ मा एयरबस ३२० इजिप्टको विमानस्थलमा अवतरण गर्न लाग्दा ककपिटमा ग्राउन्ड प्राक्सिमिटी वार्निङ सिस्टम सक्रिय भएपछि विमानलाई उचाइमा लगेर सम्भावित दुर्घटना टारिएको थियो ।