काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र निर्धारण गरेको छ ।
सोमबार एक सूचना जारी गर्दै कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा निर्धारण गरेको जानकारी दिएको हो ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार केन्द्र (काठमाडौँ उपत्यकाभन्दा बाहिर) को विवरण बोर्डको मिति २०८१/११/२८ गतेको निर्णयअनुसार प्रकाशित गरिएको हो । परीक्षा वैशाख ११ गतेदेखि ऐ. २४ गतेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ ।
