९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘पाठेघर मुखको क्यान्सर’ खोजी गर्न अभियान सञ्चालन

अ+ अ-

भोजपुर । पौवादुङमा गाउँपालिकाले महिलामा हुने ‘पाठेघर मुखको क्यान्सर’ खोजी गर्न अभियान सञ्चालन गरेको छ । बढ्दो पाठेघरको मुखको क्यान्सर नियन्त्रण, रोकथाम तथा उपचार गर्न गाउँपालिकाले अभियान सञ्चालन गरेर बिरामीको खोजी थालेको हो ।

शिविरमार्फत गाउँपालिकाका सबै वडाका ३० देखि ४५ वर्ष उमेर समूहका करिब छ सय  महिलाको पाठेघरको मुखको क्यान्सर जाँच गर्ने लक्ष्य रहेको पौवादुङमा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गेहेन्द्रप्रसाद उपाध्यायले जानकारी दिए । यही चैत ३ गतेदेखि १५ गतेसम्म अभियान नै सञ्चालन गरेर पाठेघरको मुखको क्यान्सरका बिरामीको खोजी भइरहेको उनले जानकारी दिए ।

“हामीले अभियान नै सञ्चालन गरेर पाठेघरको मुखको क्यान्सरको परीक्षण थालेका छौँ” शाखा प्रमुख उपाध्यायले भने, “यो अभियानअन्तर्गत सबै वडाका महिलाको स्वास्थ्य परीक्षण गर्ने लक्ष्य छ । परीक्षणका क्रममा रोग देखिएमा उनीहरूलाई उपचारका लागि बाहिरको अस्पतालमा पठाउने व्यवस्था मिलाएका छौँ ।”

यो अभियानअन्तर्गत वडा नं १ श्यामशिलामा एक सय ४४ महिलाको स्वास्थ्य परीक्षण सम्पन्न भएको उनले बताए । परीक्षणका क्रममा तीन जनाको स्वास्थ्य अवस्था जटिल देखिएकाले थप परीक्षणका लागि अन्य अस्पताल पठाएको प्रमुख उपाध्यायले बताए। अभियानका क्रममा पाठेघरको मुखको क्यान्सरबाट बच्ने सकिने उपाय, रोकथाम तथा उपचार पद्धतिका विषयमा चेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको उनले बताए । 

गाउँपालिकाले महिलामा हुने पाठेघर मुखको क्यान्सरको अवस्था विश्लेषण, खोजी, पहिचान तथा नि:शुल्क उपचारको व्यवस्था गर्ने उद्देश्यले स्वास्थ्य परीक्षण गरिरहेको प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले बताए । समयमा नै रोगको पहिचान गरेर उपचारसँगै यसबाट बच्नका लागि सचेत गराउन कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ छ ।

“पाठेघरको मुखको क्यान्सरका कारण धेरै महिलाको अकालमा नै ज्यान गइरहेको छ”, प्रशासकीय अधिकृत भट्टराईले भने, “यसको मुख्य कारणका रूपमा रोगीको समयमा खोजी तथा पहिचान नगरिनु पनि हो । हामीले शिविर नै सञ्चालन गरेर कसैमा यस्तो रोग छ कि भनेर खोजी थालेका हौँ । रोग देखिएमा त्यसको नि:शुल्क उपचारको व्यवस्थासमेत मिलाएका छौँ ।”

किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप अभियान सञ्चालन सम्पन्न भएकाले ३० देखि ४५ वर्ष उमेर समूहका महिलालाई लक्षित गरेर स्वास्थ्य परीक्षण थालिएको गाउँपालिका अध्यक्ष किरण राईले बताए । छवटै वडामा शिविरमार्फत महिलाको स्वास्थ्य परीक्षण गरेर रोगको खोजी भइरहेको अध्यक्ष राईले जानकारी दिए । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलाई लक्षित गरेर स्वास्थ्य तथा पोषणको क्षेत्रमा गाउँपालिकाले प्राथमिकताका साथ कार्यक्रम सञ्चालन गरिरहेको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताए । सुत्केरी तथा गर्भवतीलाई स्वास्थ्य तथा पोषणसँगै आयआर्जनमा जोडने खालका कार्यक्रममा गाउँपालिकाले जोड दिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस