१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ऊर्जा मन्त्रीको अभिव्यक्तिप्रति एमाले सांसदले जनाए असन्तुष्टि

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सांसद ठाकुर गैरेले ऊर्जा,जलस्रोत तथा सिञ्चाइमन्त्री दिपक खड्काको अभिव्यक्तिमा असन्तुष्टि जनाएका छन् ।

‘मैले दुई पटक सुनेँ-हाम्रो ऊर्जा मन्त्रीले नेपालमा लोडसेडिङ नहुने कुराको जस भारतलाई दिनुपर्छ । हिजो पनि त्यही सुने,’ सांसद गैरेले बिहीबार प्रतिनिधि सभाको बैठकमा भने ।

बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै ऊर्जा मन्त्री खड्काले नेपालमा लोडसेडिङ हुने अवस्था रहेको बताएका थिए । नेपालमा विगतका लोडसेडिङ अन्त्य हुने विषयको जस पनि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशन कुलमान घिसिङलाई नभएर छिमेकी मुलुक भारतलाई दिनुपर्ने बताएका थिए ।

ऊर्जा मन्त्रीको यस्तो अभिव्यक्तिप्रति सांसद गैरेले प्रतिनिधि सभामा असन्तुष्टि जनाएका हुन् । भारतले विद्युत् दिएका कारण नेपालमा लोडसेडिङ हटेको तर्कप्रति गैरेको जवाफ छ, ‘नेपालको बिजुली भारतले किन्छ । भारतको बिजुली नेपालले किन्छ यो व्यापारको विषय हो ।’

नेपालीहरूले मेहनत गरेर लामो समयपछि नेपालका निजी उद्यमीहरूले, नेपाल सरकारले लगानी गरेर विद्युत् उत्पादन गरेको उल्लेख गर्दै उनले उत्पादित विद्युतको खपत बढाउनुपर्ने बताए । वर्षाको समयमा भने नेपालमा उत्पादित विद्युत् खेर जाने अवस्था विद्ययमान रहेको पनि उनले स्मरण गरे ।

यो अवस्थामा ऊर्जा मन्त्री खड्काले लोडसेडिङ हुन्छ भनेको विषय उठाउँदै सांसद गैरेले सरकारको ध्यानाकर्षण गरेका हुन् ।

‘एकातिर मन्त्रीज्यू भन्नुहुन्छ– लोडसेडिङ हुन्छ, लोडसेडिङ सुरु भयो । अर्कोतिर नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख भन्नुहुन्छ– लोडसेडिङ छैन, हुँदैन, ढुक्क हुनुस्’ गैरेको प्रश्न छ, ‘यो खालको अन्यौलता, एउटै सरकारबाट एउटै देशभित्र यो खालका समाचारले दिन खोजेको सन्देश के हो ?’

यस्तो अवस्थाले मुलुकलाई राम्रो नगर्ने उनको आग्रह छ । एसइईको परीक्षा चलिरहेको, उद्योग चलाउनुपर्ने अवस्था रहेको, आगलागी बढ्दै गएको, हावाहुरी चल्ने मौसम रहेको उल्लेख गर्दै उनले यस्तो अवस्थामा विद्युतको व्यवस्थापन आवश्यक रहेको बताए ।

आउन सक्ने समस्यालाई कसरी समाधान गर्ने भनेर योजना बनाउनुपर्ने र जनतालाई आश्वस्त पार्नुपर्ने बेलामा सुविधायुक्त, भ्रमयुक्त समाचार सम्प्रेषण हुने वातावरण सिर्जना हुनु उचित नरहेको उनले बताए । गलत सूचना सम्प्रेषित हुने वातावरण बन्द गर्न सरकारलाई सांसद गैरेको आग्रह छ ।

‘गलत सूचना वा फरक-फरक सूचना सम्प्रेषित गर्ने कुरा बन्द होस् । जे वास्तविकता हो, जे यथार्थ हो त्यो कुरा सम्प्रेषित हुने र उत्पन्न हुने समस्यालाई समाधान गर्नको लागि सरकार योजनाबद्ध काम गर्ने गरी जानुपर्दछ’ गैरेले भने, ‘देश हामीले बनाउने हो, देश हाम्रो पौरखले बन्ने हो । हाम्रो क्षमताले, हाम्रो सामर्थ्यले, अनुशासित, मर्यादित कामले देश बनाउने कुरामा हामी सबै लाग्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस