१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतीयको रोजाइमा नेपाली हस्तकला र विजयसालका भाँडा

अ+ अ-

देहरादुन । ‘आउनुहोस्, भाँडा र जानकारीमध्ये कम्तीमा एउटा लैजानुहोस्”, स्टलमा आउने सबैजसो ग्राहकलाई विजयसालका भाँडा देखाउँदै कञ्चनपुरका गणेशराज बोहोराले भने, ‘यी भाँडामा पानी राखेर खाँदा फाइदै फाइदा छन् ।’

भारतको देहरादूनमा शुक्रबारदेखि सुरु इन्डो–नेपाल व्यापार मेलामा अवलोकनकर्तालाई बोहोराले विजयसालका भाँडामा पानी राखेर खाँदाका अनेकन फाइदा एक–एक गरी सुनाए  ‘रातभर यी भाँडामा पानी राखेर बिहान खाली पेटमा पिउँदा मधुमेह, उच्च रक्तचाप, कोलेस्टोरेल, शरीरको दुखाइ निको पार्छ,  शरीरको दुखाइ तौल नियन्त्रण गर्न पनि राम्रो हुन्छ”, उनले भने ।  

उपभोक्ताले उहाँका कुरा चाख मानेर सुनिरहेका थिए । ‘भाँडा बनाउनेले आयुर्वेदका कुरा गरेको नसुहाउला, म त धेरै जान्दिन, यसबारे इन्टरनेटमा सर्च गर्नु त”, उनले थपे । सामान बिक्री गर्नुभन्दा बढी यसबारे जानकारी दिनु हो भन्ने उनलाई लाग्छ । सबैले यसको महत्त्व थाहा पाए, यति सामान बिक्री हुन समय लाग्दैन भन्ने उनले बुझेका छन् ।  त्यसैले उनी सबैलाई फोटो खिच्न र युट्युबमा भिडियो हेर्न आग्रह गर्दै हुनुहुन्थ्यो । ‘आज नकिन्नेले घर गएर युट्युबमा हेरे भोलि किन्न आइहाल्छन्, त्यसैले सबैलाई यसबारे फोटो खिच्न भनिरहेको छु’, उनले भने ।  

अघिल्ला दुई वटा महोत्सवमा राम्रो व्यापार हुँदा हौसिएका उनले यसपाली १०२ वटा काठका भाँडा ल्याएका रहेछन् । यसपटक उद्घाटन नहुँदै नौ वटा बिक्री भइसकेको उनले बताए । 

‘पहिलो वर्ष १५० र दोस्रो वर्ष २३० वटा २/३ दिनमै बिक्री भइसकेका थिए, यसपाली पनि सुरुआत राम्रो छ’, उनले भने । उनले विजयसाल काठबाट बनेका आम्खोरा, गिलास र कप बनाएका छन् । धेरै पैसा खर्च नगर्नेका लागि स–साना आकर्षक टुक्रा पनि बनाएका छन् । 

कञ्चनपुर भीमदत्त नगरपालिका–१ भाँसी मेरिट महिला मार्केटिङका सञ्चालक बोहोराले २०५७ सालदेखि विजयसालका भाँडा बनाउन सुरु गरेको बताए । ‘पहिले त धेरै भाँडा बनाउँथे, अहिले काठ पाइनै छाड्यो,  कुनै समय वर्षमा १० हजारसम्म भाँडा बनाए, अहिले ३र४ सय पनि पुग्दैन’, उनले भने । 

विजयसाललाई संरक्षित बोटको सूचीमा राखेपछि काठ पाउन गाह्रो भएको उनको भनाइ छ । उनका अनुसार यो काठ कञ्चनपुर, कैलाली र कपिलवस्तुका वनमा बढी पाइन्छ । अहिले कञ्चनपुरका वनमा ढलेपडेका काठ बोलपत्रमार्फत खरिद गर्नुपर्छ, एक क्युफिटको तीन हजार तीन सय पर्ने तर पनि पाउन गाह्रो हुने उनले बताए ।  

प्रतिक्रिया दिनुहोस