काठमाडौँ। धादिङको गजुरी गाउँपालिका-१ स्थित आदर्श बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीले आफैँ स्ववियु गठन गरेको छ । क्याम्पस प्रशासनले स्ववियु चुनाव नगराएपछि क्रान्तिकारीले ५१ प्रतिशत विद्यार्थीको हस्ताक्षरमा स्ववियु गठन गरेको जनाएको छ।
सहमति गर्ने भन्दै क्याम्पस प्रशासनले चुनाव नगराएपछि बहुमत विद्यार्थीको हस्ताक्षरमा हामीले गठन गरेको क्रान्तिकारीको भनाई छ ।
स्ववियु सभापतिमा गणेश पाण्डे र सुस्मिता बरुवाल उपसभापति, गरिमा लामिछाने सचिव र सुमन डिसी सह–सचिव र कुशल सुवेदीलाई कोषाध्यक्ष चयन गरिएको उनले बताए । उनका अनुसार ६ सदस्य सहित ११ सदस्य स्ववियु गठन गरिएको छ ।
उक्त कार्यक्रममा गजुरी गाउँपालिका प्रमुख गणेशलाल श्रेष्ठ, गजुरी गाउँपालिका वडा नं. १ वडा अध्यक्ष तारा भण्डारी, ५ नम्बर अध्यक्ष गोविन्द लामिछाने, ६ नम्बर अध्यक्ष भक्तबहादुर तामाङ अखिल क्रान्तिकारी धादिङ जिल्ला उपाध्यक्ष सपना दाहाल, जिल्ला सचिव कवि प्रसाद दुलाल र आदर्श बहुमुखी क्याम्पसका विद्यार्थीहरूको उपस्थितिमा स्ववियु गठन गरिएको हो।
क्रान्तिकारीले आफैँ घोषणा गरेपछि आधिकारिकता पाउने नपाउने अन्योल भएको छ । क्याम्पसकम अनुसार प्रमुख मुक्तिकला लामिछानेका अनुसार सहमतिका लागि कार्यदल बनाएको थियो। कार्यदलमा पनि सहमति जुटेको छैन ।