काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सांकेतिक विरोध गरेका छन्।
सोमबार राती फेसबुक लाइभमा आएर उनले मौन बसेर विरोध गरे। साथै लाइभमै बत्ती निभाएर मैनबत्ती बालेर उनले सांकेतिक रूपमा विरोध जनाएका छन्। लामिछानेले कुनै प्रतिक्रिया भने दिएका छैनन् ।
मौन देखिएका उनले सांकेतिक रूपमा केही बेर मैनबत्ती बालेर बसेका हुन् । उनले उक्त पोस्टको क्याप्सनमा लेखेका छन्, ‘कसलाई राख्ने, कसलाई हटाउने भन्ने अन्तिम निर्णय त जनताले लिन्छन् !’
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशक घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको हो । उक्त निर्णयको तीव्र आलोचना भइरहेको छ।