काठमाडौँ। सिरहाको औरही गाउँपालिका अध्यक्ष शिवजी यादव र वडा नम्बर ५ का पूर्ववडाध्यक्षलाई थप तीनदिन थुनामा राख्न म्याद थप भएको छ।
दुवै जनामाथि सिरहा जिल्ला अदालतबाट दोस्रो पटक तीन दिनको म्याद थप भएको सिरहाका प्रहरीले जनाएको छ ।
महायज्ञको नाममा दलित परिवारको घर भत्काएको आरोपमा दुवै जनालाई चैत ८ गते प्रहरीले पक्राउ गरेको थियो ।
उनीहरूमाथि यसअघि चैत १० गते उनीहरूमाथि पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद थप भएको थियो ।
औरही गाउँपालिका ५ मा विष्णु महायज्ञ आयोजन गर्न गत फागुन १० गते स्थानीय दिपक मरिक डोमको घर भत्काएका थिए ।







