काठमाडौँ । प्रमुख प्रशासकीय अधिकृतसहित १२ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा बाटो ढलान गर्दा २३ लाख २५ हजार ७९५ भ्रष्टाचार गरेको आरोप लागेका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित १२ जना दोषी ठहर भएका हुन् ।
दोषी ठहर भएका सबैलाई तीन महिना कैद सजाय निर्धारण भएको छ ।
विशेष अदालतका न्यायाधीशहरू अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले उनीहरूलाई दोषी ठहर गर्दै सजाय निर्धारण गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत पौष १६ गते प्रमुख प्रशासकीय अधिकृत र तत्कालीन अध्यक्षसहित १२ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
सम्बन्धित समाचार : प्रमुख प्रशासकीय अधिकृत र तत्कालीन अध्यक्षसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा