काठमाडौँ । मायाको पहिचान नेपालले मेडिकल व्यवसायी दुर्गा प्रसाईँविरुद्ध साइबर ब्युरोमा दर्ता गरेको छ ।
प्रसाईँमाथि लैंगीक तथा यौनिक अल्पसंख्यक (एलजीबीटीआई) समुदायविरुद्ध गलत सूचना र घृणास्पद अभिव्यक्ति फैलाएको आरोप छ ।
उजुरीमा उनले समलिंगी विवाहबारे झूटो प्रचार गरेको र यो समुदायको कानूनी मान्यताको अपमान गरेको दाबी गरिएको छ।
संस्थाले प्रसाईँका अभिव्यक्तिको छानबिन, कानूनी कारबाही, र गलत सूचना रोक्न माग गरेको छ । सर्वोच्च अदालतले २०२३ मा समलिंगी विवाह दर्तालाई मान्यता दिएको आधारमा यो अभिव्यक्ति साइबर अपराध ऐन विपरीत भएको बताइएको छ ।\

