काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मंगलवार सभामुख देवराज घिमिरेलाई भेट्ने भएका छन् ।
लामिछानेले रास्वपाका सांसदहरूसहित आज बिहान १० बजे सिंहदरबारमा सभामुखलाई भेट्न लागेका हुन् ।
सहकारी ठगीको प्रकरणले पछिल्लो समय लामिछाने राजनीतिमा सक्रिय थिएनन् । तर सोमबारबाट उनी राजनीतिमा फर्किएका छन् । आज हुन लागेको सभामुखसँगको छलफलमा प्रतिनिधि सभामा सहभागी हुनेबारे कुराकानी हुने बताइएको छ ।







