काठमाडौँ । सांसद दीपक बोहराको शव सेनाको हेलिकप्टरबाट भैरहवा लगिँदै छ । श्रद्धाञ्जलीका लागि आज दिनभरि उनको शव रुपन्देहीस्थित राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यालयमा राखिने जनाइएको छ ।
भोलि (बुधबार) बिहान काठमाडौँस्थित पार्टीको केन्द्रीय कार्यालय ल्याइने छ । दिनभरि पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने र भोलि नै आर्यघाटमा अन्तिम संस्कार गरिने छ।







