११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फर्पिङबाट अनलाइन सिफारिसको आधारमा नयाँ नागरिकता वितरण सुरु

अ+ अ-

काठमाडौँ । नेपाल सरकारको विद्युतीय शासन प्रवर्द्धन नीति अनुरूप इलाका प्रशासन कार्यालय फर्पिङले अनलाइन सिफारिसको आधारमा नयाँ नागरिकता वितरण सुरु गरेको छ। परम्परागत रूपमा हातले लेखिएको अनुसूची सिफारिस लिएर सेवाग्राही कार्यालय पुग्नुपर्ने अवस्थाको अन्त्य गर्दै अब अनलाइन फारम भरेरै नागरिकता प्राप्त गर्न सकिने भएको छ।

कार्यालयका सूचना अधिकारी नवीन रेग्मीले दक्षिणकाली नगरपालिकाका ९ वटै वडा कार्यालयबाट यो सेवा सुरु भएको जानकारी दिए। गृह मन्त्रालयको योजनाअनुसार पहिलो दिन दक्षिणकाली नगरपालिका-३ का गौरव गोतामेलाई नयाँ नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको इलाका प्रशासन कार्यालयका प्रमुख नवराज पौड्यालले बताए।

प्रमुख पौड्यालले भने, “वडामा अनलाइन दर्ता गर्दा कागजातमा कुनै त्रुटि भए इलाका प्रशासनले अनलाइनमै सच्याउन लगाउँछ। त्यसपछि प्राप्त कागजातको आधारमा नागरिकता वितरण गरिन्छ।” उनले कागज बोकेर कार्यालय आउनुपर्ने झन्झट क्रमशः हटाउँदै लगिएको पनि बताए। यो प्रणालीले नागरिकलाई सहज, त्रुटिरहित सेवा प्रदान गर्नुका साथै जन्म दर्ता र नागरिकता विवरणमा एकरूपता ल्याउने लक्ष्य राखेको छ।

दक्षिणकाली नगरपालिका-३ का वडा अध्यक्ष प्रचण्ड मान सिंह बस्नेतका अनुसार निवेदकले माग गरेका विवरण प्रणालीमा प्रविष्ट गरेपछि सिफारिस स्वतः तयार हुन्छ। त्यसलाई प्रिन्ट गरेर वडा अध्यक्षले हस्ताक्षर र छाप लगाई सिस्टममा अपलोड गरेपछि प्रक्रिया अगाडि बढ्छ।

इलाका प्रशासन कार्यालय फर्पिङका प्रमुख र दक्षिणकाली नगरपालिकाका सूचना प्रविधि अधिकृतसहितको टोलीले वडा नं. ३ को कार्यालयमै पुगेर अनलाइन सिफारिस प्रक्रियामा सहजीकरण गरेको थियो। फर्पिङ इलाका प्रशासन कार्यालयको कार्यक्षेत्रभित्र दक्षिणकाली नगरपालिकाका सबै वडा पर्ने जानकारी पनि कार्यालयले दिएको छ।

यो पहलले गृह मन्त्रालयको अनलाइन सिफारिस प्रणालीलाई थप प्रभावकारी र द्रुत बनाउँदै नागरिक सेवालाई प्रविधिमैत्री बनाउने प्रयास गरेको छ।

प्रतिक्रिया दिनुहोस