१३ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सफाइ कर्मचारीका समस्या समाधानको पहल

अ+ अ-

काठमाडौँ । तलब नपाएको भन्दै आन्दोलनमा रहेका सरसफाइ कर्मचारीको समस्या समाधानका लागि पहल सुरु भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापन पक्षले जनाएको छ । 

विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले सरसफाइ कर्मचारीहरूले तलब नपाएको भन्दै विगत १० दिनदेखि फोहोर नउठाएर विरोध जनाएकामा समस्या समाधानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणसँग पहल भइरहेको जानकारी दिए । उनले भने, “तलबका लागि प्राधिकरण सञ्चालक समितिमा पत्राचार गरिएको छ । त्यहाँबाट तलब निकासाका लागि पत्र आएमा समस्या समाधान हुन्छ । त्यसका लागि आवश्यक गृहकार्यमा छौँ ।”

विरोधका कारण विगत दश दिनदेखि विमानस्थलको आन्तरिक टर्मिनल भवन क्षेत्रबाट फोहोर उठाइएको छैन । यहाँ आउने यात्रुहरूले दुर्गन्धका कारण सास्ती भएको गुनासो गर्ने गरेका छन् । दुर्गन्धका कारण यात्रुले नाक थुन्नुपर्ने अवस्था आएको यात्रु कर्ण बोहराले बताउनुभयो । विमानस्थलका सरसफाइ कर्मचारीले गत पुस महिनादेखि आफूहरूले तलब नपाएको गुनासो गरेका छन् ।